महाेत्तरी । आर्थिक वर्षको अन्त्यमा पनि शैक्षिक अनुदान निकाशा नभएपछि गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुहिक राजीनामा दिएका छन् ।
प्रधानाध्यपकहरुले मङ्गलबार नगरपालिका प्रशासन शाखामा राजीनामा बुझाएका हुन् । सामुहिक राजिनामाको खवरले नगरपालिकाको शैक्षिक एवं राजनीतिक बृत तरंगित पारेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्वोधन गरि लेखिएको साूुहिक राजीनामा पत्रमा चालु आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा, पाठ्पुस्तक, बाल शिक्षाका प्रति विद्यार्थी अनुदान, नगर शिक्षक, नगर अनुदान, सशर्त, पूँजिगत तथा शैक्षिक अनुदान लगाएत शीर्षकमा पटक पटक अनुरोध ताकेता गर्दा पनि निकासा नभएको उल्लेख छ ।
केही शीर्षकमा भने नरपालिकाले अति न्यून निकासा पठाएकोले शैक्षिक कृयाकलाप संचालन गर्न कठिन भएको हुँदा सामूहिक राजीनामा दिन बाध्य भएको जनाइएको छ । राजीनामा पत्रमा भनिएको छ, ‘नगरपालिकाबाट उक्त शीर्षकअन्र्तगतको रकम निकाशा नगरी दिएको अवस्था (खर्च अभाव) बाट शैक्षिक गतिविधि प्रभावित हुने भएकोले साउन १ गतेदेखि लागु हुनेगरि यो सामूहिक राजीनामा पत्र पेस गरेका छौँ ।’
यसअघि अनुदान कटौतीबाट असंतुष्ठ प्रध्यानाध्यपाकहरुले सरस्वती मावि भण्टावारीका प्रअ शुभकरण यादवको अध्यक्षतामा गौशालामा मङ्गलबार बिहान बसेको बैठकले सामूहिक राजीनामा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: