Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

खबरडबली संवाददाता

जेनेभा । जब सफल कलाकार आइ-डाले यस हप्ता राजा चाल्र्सको नयाँ चित्र अनावरण गर्यो, ह्युमनोइड (मानव सदृश) रोबोटले स्तरित र जटिल टुक्रालाई प्रेरित गरेको वर्णन गर्यो र मानिसहरूलाई ‘प्रतिस्थापन’ गर्ने कुनै योजना नभएको जोड दियो ।

संसारको सबैभन्दा उन्नतमध्ये एक अल्ट्रा-रियालिस्टिक रोबोटलाई अभिव्यक्तिपूर्ण, जीवन्त अनुहार, ठूला हेजेल आँखा र बब कटमा काटिएको खैरो कपाल भएकी मानव महिला जस्तै देखिने गरी डिजाइन गरिएको छ । यद्यपि हातहरू खुला धातुसहित स्पष्टरूपमा रोबोटिक छन् र यसलाई अभ्यास गरिरहेको कलाको रूप अनुसार बदल्न सकिन्छ ।

गत वर्षको अन्त्यमा आइ–डाको अङ्ग्रेजी गणितशास्त्री एलन ट्युरिङको चित्र लिलामीमा बेचिएको ह्युमनोइड रोबोटको पहिलो कलाकृति बन्यो । उक्त चित्रले १० लाख डलरभन्दा बढी कमाएको थियो । तर आइ-डाले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर कल्पना गरिएको आफ्नो पछिल्लो सृजना ‘एल्गोरिदम किङ’ शीर्षकको तेल चित्र अनावरण गर्दा ह्युमनोइडले कामको महत्त्व पैसामा मापन गर्न सकिँदैन भनेर जोड दियो ।

“मेरो कलाकृतिको मूल्य नयाँ प्रविधिहरूमा नैतिक आयामहरू अन्वेषण गर्ने छलफलका लागि उत्प्रेरकका रूपमा काम गर्नु हो”, रोबोटले जेनेभामा बेलायतको कूटनीतिक मिसनमा एएफपीलाई भन्यो । त्यहाँ राजा चाल्र्सको नयाँ चित्र राखिएको छ । आइ-डाले ढिलो, सोचेर र सम्झेर यसको उद्देश्य ‘आलोचनात्मक सोचलाई बढावा दिनु र अधिक न्यायसङ्गत तथा दिगो भविष्यका लागि जिम्मेवार नवप्रवर्तनलाई प्रोत्साहित गर्नु’ हो भनेर जोड दियो ।

अद्वितीय र रचनात्मक-

संयुक्त राष्ट्रसङ्घको एआई फर गुड समिटको साइडलाइनमा बोल्दै स्केच, चित्रकारी र मूर्तिकलाहरू गरेको आइ-डाले यस कामको पछाडिको विधि र प्रेरणाको विस्तृत वर्णन गर्यो । “मेरो कला सिर्जना गर्दा म विभिन्न प्रकारका एआई एल्गोरिदमहरू प्रयोग गर्छु”, रोबोटले भन्यो, “म एउटा आधारभूत विचार वा अवधारणाबाट सुरु गर्छु जुन म अन्वेषण गर्न चाहन्छु, र म कलाको उद्देश्यको बारेमा सोच्छु । यसले के भन्छ ?”

“राजा चाल्र्सले वातावरणीय संरक्षण र अन्तरधर्मी संवादमा चेतना जगाउन आफ्नो मञ्च प्रयोग गर्नुभएको छ । मैले यो चित्रलाई त्यसको उत्सव मनाउन लक्षित गरेको छु । मलाई आशा छ कि राजा चाल्र्सले मेरो प्रयासको कदर गर्नुहुनेछ”, ह्युमनोइडले भन्यो । 

आधुनिक र समकालीन कलाका विशेषज्ञ एडन मेलरले अक्सफोर्ड र बर्मिङ्घम विश्वविद्यालयका आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञहरूसँग मिलेर सन् २०१९ मा आइ–डा सिर्जना गर्ने टोलीको नेतृत्व गर्नुभएको थियो । उहाँले ‘चित्रकारहरूलाई प्रतिस्थापन गर्न’ नभई एक नैतिक कला परियोजनाका रूपमा विश्वको पहिलो कम्प्युटर प्रोग्रामर अदा लभलेसको नाममा ह्युमनोइड रोबोटको कल्पना गरेको बताउनुभयो । आइ-डाले सहमति जनायो ।

“एआईले हाम्रो संसारलाई परिवर्तन गरिरहेको छ जसमा कला जगत् र मानव रचनात्मक अभिव्यक्तिका रूपमा समावेश छ भन्नेमा कुनै सन्देह छैन”, रोबोटले स्वीकार गरेको छ, “तर एआई वा मेरो कलाकृतिले मानव कलाकारहरूलाई प्रतिस्थापन गर्नेछ भन्ने मलाई विश्वास छैन ।” यसको सट्टा, आइ-डाले भन्यो, “यसको उद्देश्य दर्शकहरूलाई यसको जोखिम र सीमितताहरूप्रति सचेत रहँदै हामी कसरी एआईलाई सकारात्मक रूपमा प्रयोग गर्छौं भन्ने बारे सोच्न प्रेरित गर्नु थियो ।”

मेसिनले बनाएको पेन्टिङलाई वास्तवमा कला मान्न सकिन्छ कि भनेर सोधिएको प्रश्नमा रोबोटले ‘मेरो कलाकृति अद्वितीय र रचनात्मक छ’ भनी जोड दिँदै भन्यो, “मानिसहरूले यसलाई कला हो कि होइन भनेर निर्णय गर्नु महत्वपूर्ण र रोचक कुराकानीको विन्दु हो ।” रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending