Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

खबरडबली संवाददाता

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ ढाक्मर गाउँ नजिकै अवस्थित छ ।

पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग जोडिएको स्थानीय बताउँछन् । भौतिक पूर्वाधार निर्माण गर्न थालेसँगै ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउन थालेका छन् । पछिल्लो समय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई जोड दिन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको लोघेकर दामोदरकुण्ड गाउँपालिका कार्यालयले जनाएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेलका अनुसार ढाक्मर पहाड राताम्मे हुनको पछाडि गुरु पद्यसम्भवको कथासँग जोडिएको छ । “आठौँ शताब्दी ताका मुस्ताङको घमी खोला नजिक उत्तरतर्फ गुरु पद्यसम्भवले धर्मविरोधी राक्षसको भुडी चिरेर आन्द्राभुडी घमी खोलामा फ्याकेको र त्यस क्रममा राक्षसको रगत निकालेर ढाक्मर गाउँको विशाल पहाडमा मिल्काइएकाले उक्त पहाड राताम्मे भएको किंवदन्ती छ”, उनले भने ।

घमी खोला नजिक राक्षसको आन्द्राभुडी निकालेर फालेकाले त्यहाँ राक्षसको आन्द्राभुडी आकृतिको करिब २०० मिटर लामो पर्खाल निर्माण गरिएको छ । राक्षसको रगतले पोतिएकाले ढाक्मरको विशाल पहाड रातो हुन पुगेको धार्मिक जनविश्वास रहेको अध्यक्ष छोम्फेलको भनाइ छ ।

ढाक्मर गाउँ नजिकको विशाल पहाडको लम्बाइ करिब दुई किलोमिटरभन्दा बढी छ । उत्तरी कोरलानाका र उपल्लो मुस्ताङको भ्रमण गर्ने जोकोही पर्यटकले मुस्ताङको घमी पुग्दा यहाँँ अवस्थित राताम्मे पहाड देख्न सक्छन् । “यहाँको पर्यटन प्रवद्र्धन तथा आवश्यक प्रचारप्रसार नहुँदा कलात्मक पहाड र ऐतिहासिक महत्त्वबारे पर्यटन बेखबरजस्तै हुने गरेका पायौँ”, उनले भने ।ऐतिहासिक तथा धार्मिक मान्यता रहेको कलात्मक छिद्रछिद्रमा एक सयभन्दा बढी गुफा रहेका अध्यक्ष छोम्फेलले जानकारी दिए । 

यहाँ थुप्रै छिद्रछिद्र गुफा रहे पनि ढाक्मर गाउँ नजिक जियो पार्क आसपास रहेको पहाडमा अवस्थित केही गुफालाई पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार निर्माण भइरहेको उनले उल्लेख गरे । ढाक्मर गाउँको जियोपार्क सम्पदासँग जोडिने गरी यहाँको अग्लो स्थानस्थित गुफासम्म पुग्न गाउँपालिकाले रेलिङसहितको सिँढी बाटो निर्माण गरेको अध्यक्ष छोम्फेलको भनाइ छ ।

“जियो गुफासम्म पुग्न अहिले केही कठिन छ । चालु वर्ष हामीले रु १५ लाख खर्च गरेर गुफासम्मको रेलिङ र सिँढीसहित आधा बाटो निर्माण गरेका छौँ”, अध्यक्षले भने, “आगामी आवमा गुफासम्म पुग्ने सम्पूर्ण पूर्वाधार निर्माण गर्ने गरी रु २५ लाख बजेट विनियोजन गरेका छौँ, अब यस क्षेत्रको पर्यटन विकासमा गाउँपालिकाले योजनाबद्ध काम गर्नेछ ।” ढाक्मर गाउँ नजिकको पहाडमा करिब दुई हजार वर्ष पहिले खोपेर गुफैगुफा निर्माण गरिएको लोघेकर–२ का वडाध्यक्ष थुक्तेन छिरिङ गुरुङले उल्लेख गरे ।

“यहाँ बस्ती निर्माण हुनु अघि यहाँका पहाड मानिसले खोपेर गुफा बनाई आश्रय लिने गरेका जानकारहरू बताउँछन् । यहाँ दर्जनौँ छिद्रछिद्र गुफाहरू अवस्थित छन्”, उनले भने । 
गाउँ नजिक रहेका गुफालाई स्थानीय र पालिकाको सहकार्यमा जियो पार्कका रूपमा विकास गर्न सुरु गरिएको वडाध्यक्ष गुरुङले बताए । 

जियोपार्क गुफामा विदेशी पर्यटक ध्यानसाधना गर्न आउने गरेका उनको भनाइ छ । “राताम्मे जियोपार्क गुफाबाट नीलगिरि हिमाल र आसपासका हिमशृङ्खला मनमोहक र सुन्दर देखिन्छन् । यसलाई ध्यानसाधना केन्द्र मात्रै होइन, दृष्यावलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण भइरहेका छन्”, उनले भने ।

जियोपार्क गुफा प्रवर्द्धन गर्न लोघेकर दामोदरकुण्डसँगै सामाजिक विकास कार्यालय मुस्ताङले पनि सहकार्य गरेको छ । कार्यालयले मानव निर्मित जियोपार्क गुफामा रेलिङसहितको जियो प्रोटेक्सनवाल निर्माण गरिरहेको कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिए । 

उनले गुफाबाट सजिलै बिनाजोखिम दृष्यावलोकन गर्न सकिने गरी चालु आवमा रु १० लाख बजेट खर्चिएर वाल निर्माण गरिएको बताए । यहाँ पर्यटकीय सम्भावना बढी रहेकाले पर्यटन प्रवर्द्धन गर्न स्थानीयवासीसँग सहकार्य गरिएको उल्लेख गरे । 

कृषि र पशुपालन व्यवसायमा आश्रित ढाक्मर गाउँका स्थानीय विस्तारै पर्यटनसँग जोडिने दर्जीले बताए । “सोही कारणले यहाँ ठुलो क्षेत्रफलमा हरियाली जियोपार्क निर्माण गरिसकेका छौँ । केही वर्षअघि पार्क वरिपरि प्रदेश सरकारले रु ३० लाखबाट कम्पाण्ड घेराबार गरेको थियो । साथै पार्कभित्र छप्पनी ढुङ्गा बिच्छ्याएर पेटी निर्माण भएको छ”, उनले भने ।

पार्कलाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीयले रु ६५ लाख चन्दा सङ्कलन गरी विशाल बुद्धको मूर्ति स्थापना गरिएको स्थानीयको भनाइ छ ।जोमसोम–कोरला सडकबाट पश्चिमतर्फको दुई किमी दूरीमा ढाक्मर गाउँ पुग्न सकिन्छ । मुस्ताङको घमी हुँदै पनि ढाक्मर गाउँ पुग्न सकिन्छ । 

यहाँको कच्ची सडक हुँदै विश्वको पहिलो र पुरानो दाबी गरिएको मराङमा अवस्थित लोघेकर अर्थात् घर गुम्बा पुग्न सकिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending