लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङको सीमानासम्म रातको समय यातायात सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
यसअघि मर्स्याङ्दी गाउँपालिकाले बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिकाभित्रको सडकमा रातको समय यातायात सञ्चालनमा रोक लगाएको थियो । प्रशासनले डुम्रे–बेंसीसहर–चामे सडक खण्डको बेंसीसहरदेखि मनाङ सिमानासम्मको सडक खण्डमा असार २५ गते बुधबारदेखि साउन मसान्तसम्म साँझ ७ बजेबाट बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सवारी साधन सञ्चालन तथा आवतजावतमा रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न रातको समय सवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए ।
मर्स्याङ्दी गाउँपालिका विपद् व्यवस्थापन समितिको आइतबारको बैठकले बेंसीसहर–चामे सडकको मस्र्याङ्दी गाउँपालिकामा पर्ने सडकमा माथिबाट ढुङ्गा र पहिरो आउन सक्ने भन्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स र अन्य अति आवश्यक काममा बाहेक सवारी साधन सञ्चालनमा रोक लगाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
गाउँपालिका अध्यक्ष गुरुङले वडा नं. ३ को अर्खलेबेंसी, वडा नं. ७ को ङादी साथै बेंसीसहर–चामे सडक खण्डको वडा नं. ४ मा पर्ने जगतसम्म मालबाहक गाडीहरु र अन्य सवै सवारी साधनहरु असार २५ देखि अर्को सूचना जारी नभएसम्म रातको समय आवागमनमा रोक लगाउने निर्णय गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: