Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसंघ

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसंघ । गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) का अनुसार, इन्धन अभावले अस्पताल, एम्बुलेन्स र पिउने पानीको व्यवस्था गम्भीर रूपमा प्रभावित भएको छ ।

“अस्पतालहरू सेवा सञ्चालनका लागि कठिनाइ भोगिरहेका छन् र यो अवस्था अब धेरै समय टिक्न सक्दैन,” कार्यालयले जानकारी दिएको छ । ओसीएचएका अनुसार सञ्चार सेवा प्रदायकहरूले पनि गाजामा चाँडै नै सम्पूर्ण इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

यसबिच, गाजाका सर्वसाधारणहरू दैनिक जीवनमा केवल द्वन्द्वबाट होइन, भोकमरीको डरले पनि त्रस्त छन् । खाद्य सहायता लिन खोज्दा केही नागरिकहरूले ज्यान गुमाएको जानकारी सार्वजनिक भएको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को हालैको सर्वेक्षण अनुसार गाजाका प्रत्येक तीन जना मध्ये एक जनाले धेरै दिनसम्म खाना नपाउने अवस्था रहेको छ ।

यसले हजारौँलाई भोकमरीको गम्भीर जोखिममा पारेको छ । संस्थाका उपप्रमुख  कार्ल स्काउले गाजा भ्रमणपछि भने, “मैले त्यहाँ देखेको पीडा अत्यन्तै मार्मिक छ । मानिसहरू केवल खाना खोज्न जाँदा पनि आफ्नो ज्यान गुमाइरहेका छन् ।” उनका अनुसार, एक आमा भान्छाघर पुग्दा त्यहाँ केही नपाई बेहोस भइन्, र अर्का एक पिताले दुई महिनामा २५ किलो तौल घटाएको बताएका छन् ।

ओसीएचाले इजरायललाई सबै नाका खोल्न र गाजाभित्र मानवीय सहायता पुर्‍याउने कार्यलाई सहज बनाउन आग्रह गरेको छ। साथसाथै, अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पनि अपिल गरिएको छ । आइतवार खान युनिसको केही भागमा पुनः विस्थापनको आदेश दिइएको छ । यो पछिल्लो दुई दिनभित्र दोस्रो पटक हो । अनुमानअनुसार ५० हजार भन्दा बढी व्यक्ति त्यसबाट प्रभावित हुन सक्ने छन् ।

मार्चमा युद्धविराम अन्त्य भएयता करिब सात लाख मानिस बारम्बार विस्थापित भएका छन्, जहाँ सुरक्षित आश्रयको अभावले तटीय क्षेत्रहरू अत्यधिक भीडभाड भएका छन् । जनसंख्या कोषका अनुसार, खाद्यान्न संकटका बिच महिलाहरू मानसिक र सामाजिक तनावको उच्च भार बोकिरहेका छन् । अधिकांश महिलाहरू चिन्ता, डर र असहज सपनाबाट पीडित छन् । संयुक्त राष्ट्रसंघले अन्ततः सबै सम्बन्धित पक्षहरूलाई मानवीय कार्यमा अबरोध नगर्न, आपतकालीन सहायता सहज रूपमा गाजाको सबै क्षेत्रमा पुग्ने वातावरण सिर्जना गर्न र नागरिकहरूको जीवन र सम्मानको रक्षा गर्न आग्रह गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending