सल्यान । सल्यानमा अझै पनि ३१ प्रतिशत घरधुरी विद्युत् सेवाको पहुँचबाट वञ्चीत रहेका छन् । विद्युत् विस्तारका लागि योजना सुरु भएता पनि सम्बन्धित निर्माण कम्पनीले समयमै काम नगर्दा अझै पनि ३१ प्रतिशत घरधुरीका नागरिकहरू विद्युत् सेवाबाट वञ्चित हुनु परेको हो ।
विशेष गरेर कालीमाटी गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा विद्युतीकरणको धेर्रै काम बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले जानकारी दिए । यसबिचमा जिल्लामा विद्युत् विस्तार कार्यमा भइरहेको ढिलासुस्तीका सन्दर्भमा जिम्मेवार निकाय एवं सरोकारवालाहरूको बैठक बसी विभिन्न निर्णय गरिएको छ ।
जिल्ला समन्वय समिति सल्यानको अग्रसरतामा बसेको बैठकले जिल्लाको विद्युत् विस्तारसम्बन्धी योजना कार्यान्वयनको अवस्था मूल्याङ्कन तथा समाधानका उपायहरू तय गरेको छ भने पूर्ण विद्युतीकरणको सम्झौता अवधि आगामी कार्तिक २९ भित्र विद्युतीकरणको कार्य सम्पन्न गर्न निर्देशन दिएको हो ।
२०७८ साल असोजमा महाशक्ति क्रिस्टल जेभीसँग १३ करोड बराबरको लागतमा गरिएको विद्युतिकरण सम्बन्धी ठेक्का सम्झौता अनुसार १८ महिनाको म्याद सकिएपछि थप गरिएको म्याद २०८२ कात्तिक २९ गतेसम्म छ । उक्त म्यादभित्रै सम्पूर्ण कार्य सम्पन्न गर्न बैठकले निर्देशन दिएको जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले जानकारी दिए ।
जस अनुसार जिल्लाको पूर्ण विद्युतिकरण तथा बाँकी रहेका टोल, बस्ती र वडाहरूमा विद्युत् पहुँच विस्तार गर्न सम्बन्धित निकायहरूलाई कार्य योजना सहित फिल्डमा खटाउने सहमति भएको छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदार कम्पनीको संयुक्त टोली फिल्डमा खटिनेछन् भने विद्युतीकरणको काममा सबै स्थानीय तहहरूले आवश्यक सहकार्य तथा सहजीकरण गर्नेछन् ।
सल्यानका दश वटै पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विद्युत् प्राधिकरणका निर्देशक र प्रमुख, महाशक्ति क्रिस्टल जेभीका प्रतिनिधि तथा पत्रकारहरूको समेत सहभागिता रहेको थियो । बैठकले पूर्ण विद्युतिकरणले नसमेटेका कुमाख, दार्मा, बागचौर, सिद्ध कुमाख, शारदा, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका टोल, बस्ती र वडामा कर्णाली प्रदेश विद्युतिकरण आयोजना तुरुन्तै सुरु गरिने निर्णय भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।
त्रिवेणी र छत्रेश्वरी गाउँपालिकामा अपुरो रहेको सामुदायिक विद्युतिकरणको काम नेपाल विद्युत् प्राधिकरणले तत्काल सम्पन्न गर्नेछ । त्यसै गरी पूर्ण र सामुदायिक विद्युतिकरणले नछोएका बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकामा पनि विद्युत् विस्तार कार्य सुरु गरिनेछ । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट एआईआईबी परियोजना अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकाका लागि विद्युतिकरण कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।
वनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्णबहादुर बुढाथोकीले पूर्ण विद्युतिकरणको जिम्मेवारी लिएको निर्माण कम्पनीको लापरवाहीकाे काममा ढिलाइ भएकाले विद्युतिकरणमा समस्या भएको बताए । नेपाल विद्युत् प्राधिकरण प्रदेश निर्देशनालयका निर्देशक शशीभूषण शाहले तोकिएकै समयमा विद्युतिकरणको कार्य पुरा गर्ने गरी आवश्यक व्यवस्था मिलाइने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: