भियना। अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी दिँदै, हालैको सैन्य तनावपछिको परिस्थितिमा तेहरानमा रहनुभएका निरीक्षकहरू सुरक्षित रूपमा संस्थाको भियना मुख्यालय फर्किएको जनाएको छ ।
गत महिनाको इरान–इजरायल सशस्त्र संघर्षपछि उत्पन्न जटिल परिस्थिति र त्यसमा अमेरिकाको संलग्नताले आणविक संरचनाहरूमा क्षति पुर्याएको घटनालाई लिएर, इरानले अन्तर्राष्ट्रिय अनुगमन सहकार्य अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय ऊर्जा संस्थाका महानिर्देशक राफायल ग्रोसीज्यूले ईरानसँग पारस्परिक संवादमार्फत यथाशक्य चाँडो अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पुन: सुचारु गर्न आवश्यक रहेको कुरामा जोड दिएको छन् । उनले आणविक स्थायित्व र पारदर्शिताका लागि यस्तो सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
इरानी संसद्ले असार ११ गते पारित गरेको विधेयकअनुसार, राष्ट्रिय स्वाधीनता र आणविक आत्मनिर्भरता संरक्षणको उद्देश्यले उक्त निर्णय लिइएको जनाइएको छ । उक्त नीतिमा विशेष रूपमा युरेनियम प्रशोधनसम्बन्धी अधिकारको सुनिश्चितता उल्लेख गरिएको छ ।
संयुक्त राज्य अमेरिकाले इरानको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै, एकपक्षीय रूपमा सहकार्य तोडिनु निन्दनीय भएको धारणा सार्वजनिक गरेको । साथै, उसले स्थगित वार्ता पुन: प्रारम्भ गर्नका लागि आह्वानसमेत गरेको छ ।
यस संवेदनशील अवस्थामा अन्तर्राष्ट्रिय समुदायले संयमता, संवाद र पारस्परिक सम्मानको माध्यमबाट सहकार्यलाई पुन: सशक्त बनाउनुपर्ने आवश्यकतामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १२:४८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खोला किनार मापदण्ड कार्यान्वयनको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुन: प्रदर्शन गरेका छन्। सर्वोच्च अदालत...
पौष १७ गते, २०८२ - १२:३०
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न ख...
पौष १७ गते, २०८२ - १२:२१
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २...
पौष १७ गते, २०८२ - १२:१५
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापा जिल्लाबाट ९ जना परेका छन्। झापा ठेगाना भएक...
पौष १७ गते, २०८२ - १२:०६
जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम नि:शुल्क भर्ने व्यवस्था सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडे...
पौष १७ गते, २०८२ - ११:५१
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे...
पौष १७ गते, २०८२ - ११:२७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन चाहेको बताएक...
पौष १७ गते, २०८२ - ११:०७
कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएको छन् । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रर...
पौष १७ गते, २०८२ - ११:०१
काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकोमा आज पनि सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु द...
पौष १७ गते, २०८२ - १०:१६
ताप्लेजुङ। ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा य...




प्रतिकृया लेख्नुहोस्: