Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

खबरडबली संवाददाता

स्याङ्जा  । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् ।

गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती  सुरु गरिएको हो ।

बजार मूल्य र माग राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन गरी किसानको आर्थिकस्तर उकास्नका लागि अभियानले ठुलो महत्त्व राख्ने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
“कालीगण्डकी गाउँपालिकाभित्रका विभिन्न ठाउँमा ठुलो परिमाणमा अकबरे खुर्सानी उत्पादन हुँदै छ”, उनले भने, “कृषकले उत्पादन गरेको खुर्सानीको बजारीकरणको जिम्मेवारी गाउँपालिकाले नै लिनेछौँ । यसले किसानलाई व्यावसायिक रूपमा खुर्सानी उत्पादनमा लाग्न थप प्रेरित गर्नेछ ।”

प्रतिकेजी अकबरेको बजार मूल्य न्यूनतम रु २२५ निर्धारण गरिएको छ । उत्पादन भएको समयमा बजारमा चलेको मूल्यका आधारमा थप गरिने जनाइएको छ । परियोजनामार्फत पालिकाका विभिन्न पाँच स्थानका नर्सरीबाट बेर्ना उत्पादन गरी किसानलाई निःशुल्क उपलब्ध गराइएको परियोजनाका बजार सहजकर्ता मुक्ति पाण्डेले जानकारी दिए ।

समग्रमा एक लाख ८३ हजार ३०० वटा बेर्ना १३० भन्दा बढी किसानलाई निःशुल्क वितरण गरिएको उनले बताए ।“यहाँका कृषकलाई निःशुल्क रूपमा बेर्ना, मल्चिङ प्लास्टिक र निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराएका छौँ”, सहजकर्ता पाण्डेले भने, “भर्खरै–भर्खरै कृषकले बेर्ना लगाउनुभएको छ, आगामी दसैँसम्ममा उत्पादन लिन सकिन्छ ।”

कालीगण्डकी–१ किपटका पृथ सिञ्जाली मगरले यसपटक १० रोपनी क्षेत्रफलमा आठ हजार अकबरेका बेर्ना लगाएको बताउनुभयो । गाउँपालिकाबाट बेर्ना, मल्चिङ प्लास्टिक र प्राविधिक सहयोग निःशुल्क पाएपछि व्यावसायिक खेती सुरु गरेको उनको भनाइ छ ।

“सिँचाइका लागि पर्याप्त पानीको सुविधा नभए पनि यहाँ ठुला बारीका पाट छन्”, उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि नै रैथाने बाली तथा मुख्यगरी मकै लगाइँदै आएको भए पनि यसपटक व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेको हुँ ।” अकबरे खुर्सानीको बजार मूल्य राम्रो रहेको र उत्पादन पनि छिटो हुने भएकाले मकैखेतीलाई विस्थापित गरी अकबरेको व्यावसायिक खेती सुरु गरेको सिञ्जाली मगरले बताए ।

विगतमा घरायसी प्रयोजनका लागि लगाइएको अकबरे खुर्सानीको उत्पादन राम्रो भएकाले पनि व्यावसायिक उत्पादनका लागि सहज भएको उनको धारणा छ । “हामीले उत्पादन गरेको खुर्सानीको अहिले नै न्यूनतम मूल्य तोकिएको छ भने बजारीकरण पनि गाउँपालिकाले गरिदिने भएपछि बजार खोज्नुपर्ने झन्झट कृषकलाई नहुने भो । त्यसैले पनि हामी उत्साहित छौँ”, सिञ्जाली मगरको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: