Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

खाँदबारी नगर अस्पतालमा साउनदेखि नियमित सेवा सञ्चालन हुने

खबरडबली संवाददाता

सङ्खुवासभा । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शय्या क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो ।

तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेल लगायतले अस्पतालको उद्घाटन गरेका थिए । 

नगर प्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिए । उनले अस्पताल सञ्चालनका लागि आवश्यक खर्चको व्यवस्थापन नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे । यस अस्पतालबाट विशेषगरी खाँदबारीका वडा नम्बर ३, ४, ५, ६, १० र ११ का बासिन्दालाई उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बाेल्दै पूर्वस्वास्थ्यमन्त्री तथा सङ्खुवासभाका प्रदेश सांसद राजेन्द्र कार्कीले अस्पतालका लागि आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विशेषज्ञ स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच हुनुपर्नेमा जोड दिँदै अस्पतालको निरन्तर सेवाका लागि सामग्रीदेखि कर्मचारी व्यवस्थापनसम्मका लागि प्रदेश सरकारसँग माग गर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...

संसद् पुनर्स्थापनाको राजनीतिक चाल: स्थायित्वको आवरणमा अस्थिरताको निरन्तरतामा कांग्रेस-एमाले

काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्डः ९ जनाको मृत्यु, १० जना घाइते

जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending