Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

फेरि मधेश एसईई नतिजामा कमजोर

खबरडबली संवाददाता

धनुषा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएलगत्तै मधेश प्रदेशमा फेरि बहसको मूल मुद्दा बनेको छ । नतिजा प्रकाशन भएको एक साता बित्न लाग्दासमेत चौतारोका गफदेखि राजनीतिक मञ्चसम्म अहिले एसइईकै चर्चा छ । 

हरेक जस्तो यस वर्ष पनि घट्दो नतिजा र कमजोर शैक्षिक उपलब्धि चर्चाका विषय बनेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८० मा प्रदेशभरबाट ७९ हजार पाँच सय ९२ विद्यार्थी सहभागी हुँदा ३७ हजार तीन सय छ जना मात्र पास भएका थिए । त्यस्तै २०८१ मा मधेश प्रदेशबाट ७८ हजार आठ सय ९७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ३६ हजार एक सय १८ जना उत्र्तीण भएका छन् ।  मधेश प्रदेशमा एसईईको नतिजा हरेक वर्ष कमजोर देखिनु गुणस्तरीय शिक्षा, विषयगत शिक्षकको अभाव र सिकाइ उपलब्धि कमजोर रहेको देखाउँछ ।

ढल्केबरका बुधेश्वर महतोले शिक्षक र स्थानीय तह शिक्षाप्रति जिम्मेवार नभएका कारण मधेशको नतिजा सन्तोषजन नभएको टिप्पणी गरे । उनका अनुसार विद्यालयमा राहत, अस्थायी र करारमा नियुक्ति गरिएका शिक्षकको बोलवाला बढ्दो छ । शिक्षक पढाउनेभन्दा पनि जागिरको सुरक्षामा बढी ध्यान दिएको देखिन्छन् । मधेशमा अभिभावक पनि आफ्ना बालबालिकाप्रति बेपरवाह भएकाले विद्यालयमा भर्ना भए पनि कक्षामा विद्यार्थीको उपस्थिति न्यून रहने गरेको उनले जानकारी दिए । 

बटेश्वरका राजकिशोर महतोले शिक्षाको दायित्व स्थानीय तहमा गएदेखि शैक्षिक स्तर खस्किएको आरोप लगाए । विद्यालय व्यवस्थापन समिति समेत राजनीतिक हस्तक्षेपको अखडा बनेका कारण शैक्षिक गुणस्तर खस्किएको हो । कतिपय विद्यालयमा प्रधानाध्यापकको भूमिका पनि प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।

शिक्षाविद् डा. विनय कुसियतले विद्यालयमा शिक्षकको अभाव, अपर्याप्त स्रोतसाधन र पूर्वाधारको कमीले विद्यार्थीको सिकाइ प्रभावित भइरहेको बताए ।  शिक्षण सीपमा सुधार नगरेसम्म नतिजा सुधार नहुने भन्दै शिक्षकको क्षमता अभिवृद्धि, सूचना प्रविधिको प्रयोग र बालमैत्री वातावरण सिर्जना गर्नुपर्ने जानकारी दिए । 

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले विद्यार्थीको अनुपातमा शिक्षक सङ्ख्या निकै कम भएकाले नतिजामा सुधार हुन नसकेको बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending