Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

ब्राजिलमा वर्षाले ८३५ सहरमा प्राकृतिक प्रकोप निम्त्यायो

खबरडबली संवाददाता

रियो डि जेनेरियो । भूमण्डलीय तापक्रम (ग्लोबल वार्मिङ) वृद्धिले निम्त्याएको भारी वर्षाले सन् २०२० देखि सन् २०२३ सम्म ब्राजिलका १० मध्ये आठ सहरमा प्राकृतिक प्रकोप निम्त्याएको मङ्गलबार प्रकाशित एक अध्ययनले देखाएको छ । यो सन् १९९० को दशकको तुलनामा तीन गुणा बढी हो ।

बढ्दो तापक्रमले करिब सात प्रतिशत प्रति अतिरिक्त डिग्रीसहित वायुमण्डलमा जल वाष्पको मात्रा बढाउँछ र यसले ल्याटिन अमेरिकासहित केही क्षेत्रमा भारी वर्षाको जोखिम बढाउँछ । ब्राजिलमा तीव्र वर्षाले निम्त्याएको बाढी, नदीको बहाव र पहिरोको सङ्ख्या सन् २०२० मा दुई हजार तीन सय ३५ बाट तीन वर्षपछि सात हजार पाँच सय ३९ पुगेको छ । यसले ८३ प्रतिशत सहरलाई प्रभावित पारेको ब्राजिलियन एलायन्स फर ओसेनिक कल्चरको रिपोर्टले बताएको छ ।

निजी र सार्वजनिक संस्थाहरूले तयार पारेको यो अध्ययनमा ब्राजिलले अभूतपूर्व बाढीको सामना गरेको सन् २०२४ को तथ्याङ्क समावेश गरिएको छैन् । रिपोर्टअनुसार प्रत्येक वर्ष औसत ३२ लाख मानिस प्रभावित भएका छन् । यो सन् १९९० को दशकमा करिब ४३ हजारको तुलनमा धेरै हो ।

“यो वृद्धिले वर्षासँग सम्बन्धित जलवायु प्रकोपहरूको बढ्दो आवृत्ति मात्र नभई, तिनीहरूको गम्भीरतालाई पनि प्रकाश पार्छ”, रिपोर्टका पछाडि रहेका अनुसन्धानकर्ता रोनाल्डो क्रिस्टोफोलेट्टीले एक विज्ञप्तिमा भने, “तथ्याङ्कले कमजोर समुदायहरूको सुरक्षा गर्ने र यी चरम घटनाहरूको प्रभावलाई कम गर्ने उद्देश्यले रोकथाम र अनुकूलन उपायहरू कार्यान्वयन गर्ने तत्काल आवश्यकतालाई जोड दिन्छ ।”

अध्ययनअनुसार बाढीले विशेष गरी कृषि क्षेत्रलाई असर गरेको छ, जसले आर्थिक नोक्सानको ४७ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२४ को बाढीले सोही वर्षको ऐतिहासिक खडेरीसँग मिलेर खाद्यान्नको मूल्य बढाएको छ । यसले सरकारलाई मुद्रास्फीति नियन्त्रण गर्न उपायहरू लिन बाध्य बनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending