Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

कुलिङ पिरियड किर्तेमा सत्तारुढ दलकै सांसदले मागे सभापति खतिवडाको राजीनामा

खबरडबली संवाददाता

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको उनकै पार्टी नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद्हरूले राजीनामा माग गरेका छन् । यस्तै समितिका सचिव सुरजकुमार दुराको पनि राजीनामा मागिएको छ । 

बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको समितिको हलमा बसेको समिति बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को दफा ८२ मा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा समितिले सर्वसम्मत गरेको निर्णयमा अक्षम्य गल्ती गरेको भन्दै एमालेका चार र कांग्रेसका एक सांसदले सभापति र सचिवको राजीनामा मागेका हुन् । 

समिति बैठकमा एमालेका सांसदहरू पदम गिरी, बासुदेव घिमिरे, राजेन्द्र राई र कृष्णगोपाल श्रेष्ठ तथा कांग्रेसका सांसद हृदयराम थानीले सभापति खतिवडा र समिति सचिव दुराको राजीनामा मागेका हुन् ।

समिति बैठकमा कांग्रेस सांसद् थानीले संघीय निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा संसद्को धज्जी उडाउने गलत काम भएकाले शक्तिशाली समिति गठन गरेर छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने बताए । ‘सभापतिजी ठट्टाको विषय होइन, जानीजानी गल्ती भएको छ । सभापतिको कोर टिमले के गरेको हो ? क्लियर भएको छ,’ थानीले बैठकमा भने, ‘सभापतिले नपढेर हस्ताक्षर गर्नुभयो भन्ने पत्याउन सकिन्न । संसद्बाट छानबिनका लागि समिति नबन्दासम्म अरू विषयमा छलफल गर्न समिति बैठक बस्न सक्दैन । नैतिकता के हो ? यति गल्ती भएपछि के गर्ने ? भन्ने सभापतिले बुझ्नु पर्ने हो । समिति सचिवले बुझ्नु पर्ने हो ।’

एमालेका चार सांसद्ले सभापति खतिवडा र सचिव दुराले निजामती कर्मचारी विधेयकको कुलिङ पिरियडका सम्बन्धमा गरेको गल्तीको छानबिन नहुँदासम्म राजीनामा दिनुपर्ने बताए । एमाले सांसद गिरीले भने, ‘सभापति र सचिवले समितिले सर्वसम्मत पारित गरेको विधेयकमा अक्षम्य त्रुटि गर्नुभएको छ । नैतिकताका आधारमा पदमा बस्न मिल्दैन ।’

यस्तै सांसद घिमिरेले समिति सभापति र सचिवले घटनाको छानबिन नहुँदासम्म पदबाट राजीनामा दिनुपर्ने बताए । यसैगरी सांसद राईले घटनाको छानबिन भएर निष्कर्ष ननिस्किएसम्म राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको कुर्सीमा खतिवडा बस्न नसुहाउने बताए । यस्तै सांसद श्रेष्ठले भने, ‘खतिवडाजीलाई समितिको सभापति स्विकारेर हिँड्न सक्दैनौँ । दुराजीले पनि सचिव भएर कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभयो ।’

यस्तै बैठकमा बोल्ने नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डे, माओवादी सांसदद्वय हितराज पाण्डे र दुर्गा राई, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भने नैतिकताको विषय अरुले भन्ने नभई आफूले अनुभव गर्ने विषय भएको बताएका थिए ।

उनीहरूले राजीनामा दिन सुझाएपछि सभापति खतिवडाले बैठकको अन्तिममा आफ्नो संलग्नता बिन निष्ठा र प्रतिष्ठामा आँच आउने काम सचिवालयबाट भएको बताए । ‘मेरो संलग्नता बिन मेरो निष्ठा र प्रतिष्ठामा आँच पुर्‍याउने काम भएको छ,’ खतिवडाले भने, ‘समितिको सचिवालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको रूपमा आएका सहसचिवले गरेका छन् ।’

सभापति खतिवडाले छानबिनमा गल्ती देखिएमा जस्तोसुकै कारबाही भोग्न आफू तयार रहेको बताए । ‘छानबिनमा गल्ती देखिएमा जस्तोसुकै कारबाही भोग्न तयार छु,’ खतिवडाले भने ।   

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending