Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सङ्खुवासभाकाे धुपुवासीमा घरमै पानीकाे धारा

खबरडबली संवाददाता

सङ्खुवासभा । केही वर्ष अघिसम्म बिहान सबेरै उठेर आधा घण्टाको उकालो ओरालो हिँडेर कुवाबाट पानी ल्याउनु धुपुकी मञ्जु शर्माको दैनिकी थियो । दैनिक दुई घण्टा खानेपानीको जोहोमै बित्ने गर्थ्याे । तर अहिले उनि घरकै आँगनमा जोडिएको धाराबाट सजिलै पानी प्रयोग गर्न गर्दछिन् । 

नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको सहयोगमा सञ्चालन गरेको ‘एक घर, एक धारा’ परियोजनाले धुपुलगायतका स्थानीयवासीको जीवनमा ठुलो परिवर्तन ल्याएको छ । रेडक्रस सङ्खुवासभाको पहलमा सभापोखरी गाउँपालिका – १ र २ नम्बर वडाका विभिन्न टोलका करिब सात सय २८ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । तीमध्ये हालसम्म चार सय घरमा धारा निर्माण भई सञ्चालनमा आइसकेको छ ।

स्थानीय बासिन्दा केदार अधिकारीले विगत सम्झिँदै भनिन्, “पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्थ्यो, अहिले घरमै धारा जडान भएपछि बिहान–बेलुकै पानी लिन सकिन्छ ।,” उनले भनिन, “एकघर एक धारा भौतिक पूर्वाधार मात्र होइन, यो गाउँको आत्मसम्मान र परिवर्तनको पाइला हो, यसका लागि रेडक्रसलाई धन्यबाद दिन्छु ।” नेपाल रेडक्रस सोसाइटीको एक घर एक धारा परियोजनाले उनीहरुको दैनिकी फेरिएको हो ।

रेडक्रस सङ्खुवासभा शाखाका सभापति सरोजकुमार बज्राचार्यका अनुसार परियोजना सफल बनाउन स्थानीय सरकार, समुदाय र रेडक्रसबिच त्रिपक्षीय साझेदारी गरिएको हो । रेडक्रसले ५० प्रतिशत, सभापोखरी गाउँपालिकाले ३० प्रतिशत तथा समुदायले २० प्रतिशत लगानी गरेको छ । कोरियन रेडक्रसको वित्तीय तथा प्राविधिक सहयोगले यस परियोजना सम्भव भएको सभापति बज्राचार्यले बताए । “यो परियोजना केवल खानेपानीमै सीमित छैन, हामी स्वच्छता र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई पनिसँगै अघि बढाइरहेका छौँ ।” उनले थपे । 

यो परियोजना सम्पन्न गर्न कुल तीन करोड ८२ लाख ३५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । अन्य वडामा पनि परियोजना विस्तारको तयारी गरिरहेको रेडक्रसले जानकारी दिएको छ । धुपुका ३ वटा मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको हो । प्रयोगकर्ताले मासिक ५० रुपियाँ तिर्छन् । जसबाट मर्मत तथा सञ्चालनका लागि कर्मचारीको व्यवस्था गरिएको छ ।

स्थानीयवासी सुनिता राई भन्छिन्, “पहिले पानी ल्याउने क्रममा बच्चाहरू ढिलो विद्यालय पुग्थे । धेरैपटक स्कुल नै छुट्थ्यो । अहिले भने उनीहरू समयमै विद्यालय पुग्छन् ।” उनका अनुसार महिलाहरूको श्रमभार कम हुनुका साथै पानीजन्य रोगमा पनि उल्लेखनीय सुधार आएको छ । रेडक्रसले ६ वटा विद्यालयमा समेत ट्याङ्कीसहित धारा निर्माण गरेको छ । यसले विद्यार्थीलाई स्वच्छ पानी मात्र होइन, सरसफाइको अभ्यासमा पनि सहयोग पुर्‍याएको बताइएको छ ।

परियोजना दीर्घकालीन र दिगो बनाउने उद्देश्यले स्थानीय युवाहरुलाई पम्प जडान, पाइप मर्मत र अन्य प्राविधिक तालिम दिइएको छ । स्थानीय युवाहरुलाई सीप प्रदान गरिएकाले भविष्यमा नियमित मर्मत सम्भव हुने विश्वास गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending