बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो ।
मुलुकको राजनीति वर्षौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको सङ्घर्षले हावी भएको छ । सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्ने गर्छन् ।
३८ वर्षीया पेटोङटार्नलाई उहाँका बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ ।
पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हाल्नुभएको थियो, तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लङ्घन गरे कि भएन भन्ने विषयमा उहाँलाई निलम्बन गरिएको हो ।
कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद 'मे' महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो । सार्वजनिक भएको रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल भयो, उनले हुन सेनलाई ‘काका’ र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरे। उक्त वार्ताले व्यापक आक्रोश निम्त्यायो ।
रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए र मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लङ्घन गरेको आरोप लगाए ।
“संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ”, एक विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १७:३१
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...
जेष्ठ ३१ गते, २०८३ - १७:०४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...
जेष्ठ ३१ गते, २०८३ - १६:५१
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...
जेष्ठ ३१ गते, २०८३ - १६:१०
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...
जेष्ठ ३१ गते, २०८३ - १५:५३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...



प्रतिकृया लेख्नुहोस्: