Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

लक्की फिल्म अबार्डमा `उपहार´लाई चार अवार्ड

खबरडबली संवाददाता

चितवन । मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा चलचित्र उपहारले चार वटा विधामा अवार्ड हात पारेको छ ।

लक्की मिडिया हाउसले सार्वजनिक गरेको विभिन्न ११ वटा विधामध्ये चलचित्र उपहारले उत्कृष्ट चलचित्र, उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकारतर्फ अवार्ड प्राप्त गरेको हो । आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की' का अनुसार चलचित्र उपहारले उत्कृष्ट चलचित्र सहित चार विधामा अवार्ड प्राप्त गरेको हो ।

चलचित्र उपहारले उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकार विधामासमेत अवार्ड प्राप्त गरेको कार्कीले बताए । 
उत्कृष्ट गायिकातर्फ चलचित्र उपहारको ‘वा वा वा..’ बोलको गीतका लागि एलिना चौहान, उत्कृष्ट निर्देशकतर्फ चलचित्र उपहारकै निर्देशक ज्ञानेन्द्र देउजा र उत्कृष्ट सङ्गीतकारतर्फ ‘कहिल बार बिर्सन्छु’ बोलेको गीतका लागि अर्जुन पोखरेलले अवार्ड प्राप्त गरेका छन् ।

त्यस्तै उत्कृष्ट छायाँकारतर्फ चलचित्र ऐँचो पैँचोबाट पुरुषोत्तम प्रधान तथा उत्कृष्ट नव निर्देशकतर्फ चलचित्र ऐँचो पैँचोकी निर्देशक कृषा चौलागाईंलाई अवार्ड प्रदान गरिएको छ ।

लक्की फिल्मी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड नायक प्रदीप खड्का चलचित्र पुजार सार्कीका लागि गरिएको कार्कीले बताए। उत्कृष्ट सम्पादकको अवार्डसमेत पुजार सार्कीकै सम्पादक भरत रेग्मीलाई प्रदान गरिएको कार्कीको भनाइ छ ।त्यसैगरी उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र बोक्सीको घरका लागि केकी अधिकारी एवम् उत्कृष्ट गायकको अवार्ड चलचित्र दिमाग खराबमा ‘माया’ बोलको गीतका लागि सुगम पोखरेललाई प्रदान गरिएको छ ।

यसैबीच, लक्की मिडिया हाउसले समाजमा विभिन्न तरिकाले योगदान पुर्याएका विभिन्न नौ जना व्यक्तिलाई समेत सम्मान गरेको छ । भरतपुरको डल्फिन फनपार्कमा आयोजित कार्यक्रममा पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकार आनन्द पोखरेललाई सम्मानित गरिएको उनले बताए ।

करिब डेढ दशकदेखि पत्रकारिता कर्ममा रहनु भएका पोखरेल सञ्चारपत्र दैनिकको कार्यकारी सम्पादक एवम् राष्ट्रिय समाचार समिति (रासस) को समाचारदाताको रुपमा कार्यरत छन् ।त्यस्तै कार्यक्रममा जनप्रतिनिधितर्फ भरतपुर-२२ का वडाध्यक्ष विष्णुराज महतो, सामाजिक अभियान्तातर्फ भरतपुर-८ का पूर्ववडाध्यक्ष नारायण प्रसाद कँडेल, युवा उद्यमीतर्फ डल्फिन फन पार्कका सञ्चालक सुवेदार सन्तलाल गुरुङ,  शिक्षातर्फ ओम शान्ति एकेडेमीका प्राचार्य टेकबहादुर श्रेष्ठ, चिकित्सकतर्फ डा.विष्णुप्रसाद सुवेदी, कलाकारतर्फ मौसमी मल्ल एवम् सीता गुरुङ  र खेलकुद र शिक्षाबाट समाजमा योगदान पुर्याए वापत सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलाश पौडेल (वाईबी) लाई सम्मानित गरिएको कार्कीले जानकारी दिए ।

लक्की मिडिया हाउसले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि चलचित्रको प्रिमियर शो, रेड कार्पेड शो, विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको कार्कीले बताए । फिल्मी अवार्डलाई बर्सेनि निरन्तरता दिँदै अगाडि लैजाने कार्कीको भनाइ छ ।

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कार्यक्रमकी अध्यक्ष एवम् लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्की, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले दोसल्ला ओडाइ सम्मानपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम मिडियाले गरेको भन्दै लक्की मिडिया हाउसको प्रशंसा गरे । उनले राष्ट्रिय कलाकारले देशको कला र संस्कृतिको संरक्षण गर्दै प्रवद्र्धनमा भूमिका खेलेका भन्दै उनीहरुको उचित संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्कीले नेपालमा मानिस मरेपछि सम्मान गर्ने परम्परा रहेको भन्दै मानिस जीउँदै हुँदा सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताईन् । स्रष्टालाई राज्यबाट सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने भन्दै उहाँले कलाकारहरुको प्रतिभा प्रष्फुटन र प्रवद्र्धनमा राज्य गम्भीर बन्नुपर्ने बताईन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending