बाँके । प्रहरीले जेठमा ४७ जना फरार अपराधीलाई पक्राउ गरेको छ ।
अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका ४७ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
पक्राउ परेका फरार अपराधीबाट एक करोड आठ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए । ‘फरार व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सरकारको नीतिअनुसार लुकेर बसेका अपराधीलाई पक्राउ गरी अदालतमा बुझाएका छौँ,’ एसपी घर्तीमगरले भने ।
जेठमा ५२ लाख ३७ हजार ८८२ रुपैयाँबराबरको भन्सार छलीको अवैध सामानसहित चारवटा मोटरसाइकल, एक इ–रिक्सा र एउटा कार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाएको घर्तीमगरले बताए । बाँके प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार १७५ वटा सवारीसाधनलाई कारबाही गरी २५ लाख १२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
एक महिना अवधिमा १०१ वटा मुद्दा दर्ता भएकोमा उजुरी परेका १०७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको एसपी घर्तीमगरले जानकारी दिए । ‘४७ जना फरार अपराधीलाई पक्राउ गरी पाँच वर्ष तीन महिना कैद असुलउपर गरिएको छ,’ उनले भने ।
बाँके प्रहरीसमक्ष ६१९ वटा ठाडो उजुरी परेकोमा ४४२ वटा फस्र्योट भएको उनले बताए । लागुऔषध दुव्र्यसन र ओसारपसारविरुद्ध कडा रूपमा प्रस्तुत भएको बाँके प्रहरीले ७३८ ग्राम ४७४ मिलिग्राम ब्राउन सुगर, तीन सय मिलिलिटर कोरेक्स, १११ किलो गाँजा, तीन हजार ७६० मिलिग्राम चरेस, ५० ट्याब्लेट ट्रामाडोल र ७० ट्याब्लेट नाइट्रोजेपामसहित ओसारपसार तथा सेवन गर्ने ३४ जनालाई पक्राउ गरिएको उनले बताए ।
महिला तथा बालबालिकासम्बन्धी १० वटा मुद्दा दर्ता भएकोमा नौजनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले बताए । उनले घरेलु हिंसासम्बन्धी ५३ वटा उजुरी परेको बताउँदै ४१ वटा उजुरी फस्र्योट भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...
मंसिर २९ गते, २०८२ - १७:४३
ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...
मंसिर २९ गते, २०८२ - १७:४१
टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...




प्रतिकृया लेख्नुहोस्: