Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

मनसुन सक्रिय नहुँदा लुम्बिनीमा अपेक्षाकृत रोपाइँ हुन सकेन

खबरडबली संवाददाता

रुपन्देही । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकासे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । 

लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया धानखेती राम्रो हुने जिल्लाको रूपमा मानिन्छन् । असार दोस्रो सातामा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको यही असार ६ गतेसम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । 

प्रदेशका १२ जिल्लामा गरी कुल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । यसमध्ये तीन लाख दुई हजार ९३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर, अहिलेसम्म २९ हजार २५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । यहाँ ६ हजार ५२५ हेक्टरमध्ये पाँच हजार ३१८ हेक्टरमा धान रोपाइँ सकिएको छ । 

यस्तै, रोल्पामा चार हजार ५४७ हेक्टरमध्ये एक हजार ८२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४० प्रतिशत धान रोपाइँ सकिएको छ। २० हजार चार सय हेक्टरमध्ये आठ हजार १९२ हेक्टरमा धान रोपाइँ सकिएको छ । रुकुम पूर्वमा ३५४ हेक्टरमध्ये १०६, पाल्पामा आठ हजार २१० मध्ये ४११ हेक्टरमा रोपाइँ सकिएको छ । यस्तै, रुपन्देहीमा ६० हजार ५६७ मध्ये ६ हजार ५८, कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टरमध्ये ५२७ हेक्टर अर्थात् एक प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयको तथ्यांकले देखाउँछ । दाङमा ३७ हजार २२५ मध्ये एक हजार ४८९ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी बाँकेमा गएको शुक्रबारसम्म रोपाइँ नै सुरु हुन सकेको छैन । बाँकेमा ३४ हजार ७११ हेक्टर जग्गामा धानखेती हुने गरेको छ । बर्दियामा ५० हजार १५० हेक्टरमध्ये चार हजार २६३ हेक्टर, गुल्मीमा सात हजार ५३९ मध्ये ३९१ र अर्घाखाँचीमा ६ हजार ७६० हेक्टरमध्ये ६७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

सबैभन्दा बढी धान रोपाइँ हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ र बाँकेजस्ता जिल्लामा अझै पनि अधिकांश खेतहरू बाझै रहेका छन् । लुम्बिनी प्रदेशमा कुल खेतीयोग्य जमिन पाँच लाख ३९ हजार ४४३ हेक्टर रहे पनि धानखेती तीन लाख ११ हजार हेक्टरमा हुने गरेको छ । सरदर ११ लाख ८५ हजार ४९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा दुई लाख ७६ हजार ८१९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रूपमा रहेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङ्जा तथा पूर्वी नवलपरासीमा मल पठाउने गरेको छ । अहिले कार्यालयमै मलको अभाव रहेको त्यहाँका निमित्त कार्यालय प्रमुख सुमन पन्थी बताउँछन् । केही ट्रक वीरगन्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको उनको भनाइ छ ।

कृषि सामग्री कम्पनी भैरहवाको लागि चालू आर्थिक वर्षमा ५६ हजार ५६.४५ मेट्रिक टन युरिया र ३९ हजार ९२३.४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हाल सम्म ४७ हजार ८०७.७ मेट्रिक टन युरिया र ३१ हजार १९९.४ मेट्रिक टन डिएपी मल वितरण भइसकेको छ । कम्पनीको गोदाममा १० गतेसम्म लुम्बिनी प्रदेशका लागि एक हजार ९८३.२ मेट्रिक टन युरिया र दुई हजार २४३.३ मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending