ताप्लेजुङ । ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युतको काम तत्काल रोक्नुपर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् । याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्त आयोजना निर्माण गर्न लागिएकाले तत्काल काम रोक्न प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई आयोजना प्रभावित बासिन्दाको तर्फबाट अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आफ्ना मागबारे स्मरणपत्र बुझाएका हुन् । मन्त्रालय र मन्त्रीसमक्ष पुग्नेगरी सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई स्मरणपत्र बुझाएका हुन् ।
आयोजनास्थल याक्थुङ समुदायको मुन्धुमी क्षेत्र तथा स्थल भएकाले आयोजना निर्माण गर्न नहुने अडान प्रभावित सङ्र्ष समितिले राख्दै आएका छन् । लिम्बू समुदायले आफ्नो धार्मिक दर्शनको रूपमा मुन्धुमलाई मान्ने गर्दछन् । मुन्धुमी स्थलको अतिक्रमण गरी जलविद्युत आयोजना निर्माण गर्दा मौलिक सभ्यता र संस्कृति मासिनेभन्दै मुन्धुमीस्थलको संरक्षण गर्न आफूहरु लागिपरेको प्रभावित क्षेत्रका बासिन्दाले उल्लेख गरेका छन् ।
विकासको नाममा जबरजस्त जलविद्युत आयोजना निर्माण गर्न लाग्नुले आदिवासी रैथाने याक्थुङ (लिम्बू)लगायत स्थानीय समुदायको अधिकारमाथि ठाडो हस्तक्षेप भएको स्मरणपत्रमा उल्लेख गरिएको छ । स्थानीय आदिवासीहरुको सहमति र मञ्जुरीबिना निर्माण कम्पनीहरुले आयोजनाको काम अघि बढाउनु निन्दनीय भएको पनि स्मरणपत्रमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय मूल्य मान्यता, सन्धि सम्झौता, (आईएलओ १६९) मा भएका व्यवस्था र नेपालको संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन हुनुपर्ने माग गरिएको छ । अपर तमोर प्रभावित सङ्घर्ष समितिका संयोजक बीरबल लिङ्खिमद्वारा हस्ताक्षरित स्मरणपत्रमा पहिलो चरणको आन्दोलनस्वरुप तत्काल काम रोक्न र रोकाउनका लागि अनुरोध गरिएको उल्लेख छ । तत्काल आयोजनाको काम नरोके चरणबद्ध आन्दोलन गर्ने पनि समितिले चेतावनी दिएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ प्रभावित क्षेत्र रहेको तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न सुरु गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: