मध्यविन्दु । कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
मङ्गलबार भएको १७ औँ नगर सभामा नगर उपप्रमुख फूलकुमारी थनेतले आर्थिक वर्ष २०८२-८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ६१ लाख रुपियाँ बजेट प्रस्तुत गरेका हुन् ।
सभामा उपप्रमुख थनेतले बजेट प्रस्तुत गर्दै ६ करोड ५० लाख आन्तरिक स्रोतबाट, वित्तीय समानीकरण अनुदान नेपाल सरकारबाट १७ करोड २ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ८३ लाख, सशर्त अनुदान सङ्घीय सरकारबाट ४३ करोड ६६ लाख, विशेष अनुदान नेपाल सरकारबाट ४ करोड १८ लाख, समपूरक अनुदान नेपाल सरकारबाट ६० लाख, आम्दानी हुने बताए ।
यसैगरी वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड १८ लाख, सवारीसाधन कर प्रदेश सरकारबाट २ करोड २८ लाख, विषेश अनुदान प्रदेश सरकारबाट ४० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट २८ लाख, घरजग्गा रजिस्ट्रेसनबाट ४ करोड २० लाख, विज्ञापन करबाट ५ लाख ५१ हजार, नदीजन्य पदार्थ बिक्री राजश्व बाँडफाँडबाट स्थानीयबाट ३ करोड ३० लाख र लागत सहभागिताबाट एक करोड आम्दानी हुने उपप्रमुख थनेतले जानकारी गराए ।
यसैगरी व्ययतर्फ, प्रशासनिक खर्च २१ करोड ११ लाख, मर्मत सम्भार कोषमा एक करोड, समपूरक कोषमा २ करोड ३५ लाख, विपद् व्यवस्थापन कोषमा एक करोड, नगर स्तरीय योजना तथा कार्यक्रममा १२ करोड १० लाख, वडा स्तरीय योजना तथा कार्यक्रममा १२ करोड ९२ लाख खर्च हुने उपप्रमुख थनेतले बताए ।
सशर्त अनुदान नेपाल सरकारबाट ४३ करोड ६६ लाख, विशेष अनुदान नेपाल सरकार र प्रदेश सरकारबाट ४ करोड ५८ लाख, समपूरक अनुदान ८८ लाख ४२ हजार र जनसहभागिताबाट एक करोड खर्च हुने गरी कुल एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ खर्च हुने अनुमानित बजेट प्रस्तुत गरे ।
नगर सभामा नगर प्रमुख विष्णु प्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर यातायात गुरुयोजना अनुसार प्राथमिकीकरण गरिएका सडकहरूको विस्तार एवम् स्तरोन्नती, नगर रणनीतिक सडकहरूलाई फुटपाथ, ट्रयाक र वातावरण मैत्री सडक निर्माण गर्न समन्वय गर्ने, ऊर्जामैत्री भवन निर्माणको नीति लिई ऊर्जामैत्री घर निर्माण गर्ने कार्यलाई प्रोत्साहित गर्ने नीति नगरले अघि सारेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: