Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

दस महिनामा एक तिहाइ बजेट खर्च

खबरडबली संवाददाता

लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ ।

गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गरेको छ । यो चालु वर्षको कुल बजेट ३१ अर्ब ९७ करोड नौ लाख उनान्सय हजारको ३३ दशमलव शून्य नौ प्रतिशत हो । 

अघिल्लो वर्ष यही अवधिमा गण्डकी सरकारले ४० दशमलव आठ तीन प्रतिशत खर्च गरेको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा बजेट खर्च सात प्रतिशतभन्दा बढीले घटेको छ । यो अवधिमा चालु बजेट १२ अर्ब ६२ करोडमध्ये चार अर्ब ८३ करोड खर्च भएको छ । जुन ३८ दशमलव तीन तीन प्रतिशत हो । 

सरकारको पुँजीगत खर्च चालुभन्दा अझ कम देखिएको छ । यो वर्ष पुँजीगततर्फ १९ अर्ब १० करोड ८५ लाख विनियोजन भएकोमा अहिलेसम्म पाँच अर्ब ७४ करोडमात्र खर्च भएको छ ।

जुन ३० प्रतिशत मात्र हो । नौ मन्त्रालय रहेको गण्डकीमा सबैभन्दा कम खर्च गर्नेमा उद्योग तथा पर्यटन मन्त्रालय र सबैभन्दा बढी खर्च गर्नेमा वन तथा वातावरण मन्त्रालय छन् । 

उद्योग तथा पर्यटन मन्त्रालयले १५ दशमलव दुई चार प्रतिशत बजेटमात्र खर्च गरेको छ । यो मन्त्रालयका लागि ८५ करोड १५ लाख ९३ हजार बजेट रहेकोमा अहिलेसम्म १२ करोड ९७ लाखमात्र खर्च भएको छ ।

सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय वन तथा वातावरणको खर्च प्रतिशत ४४ दशमलव तीन छ । यो मन्त्रालयमा चालु वर्ष एक अर्ब ६८ करोड ६६ लाख बजेट रहेकोमा ४७ करोड ३५ लाख खर्च भएको देखिन्छ । 

प्रदेश लेखा नियन्त्रणक कार्यालयको तथ्याङ्क अनुसार एक अर्ब चार करोड ७५ लाख बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले १९ दशमलव तीन पाँच प्रतिशतमात्र खर्च गरेको छ ।

मन्त्रालयले साढे १० महिनामा २० करोड २७ मात्र खर्च गर्न सकेको हो । सबैभन्दा धेरै १२ अर्ब १५ करोड ४२ लाख बजेट रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयको खर्च पनि सन्तोषजनक छैन । 

भौतिक मन्त्रालयले अहिलेसम्म चार अर्ब १९ करोड अर्थात् ३३ प्रशितमात्र खर्चिन सकेको छ । यो अवधिमा आर्थिक मामिला मन्त्रालयले २३ लाख ३१ करोडमध्ये पाँच करोड ११ लाख र कृषि तथा भूमी व्यवस्था मन्त्रालयले दुई अर्ब छ करोड ९० हजारमध्ये ६५ करोड ९७ लाख मात्र खर्च गरेका छन् । आर्थिक मामिलाको खर्च २१ दशमलव नौ र कृषिको खर्च प्रतिशत ३१ दशमलव आठ हुन्छ ।

ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले यो वर्ष तीन अर्ब ८८ करोडको बजेट कार्यान्वयन गर्दै छ । अहिलेसम्म यो मन्त्रालयले एक अर्ब ६४ करोड अर्थात् ४२ दशमलव तीन प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेशको अर्को मन्त्रालय सामाजिक विकास, युवा तथा खेलकुदले विनियोजित बजेटको ३५ प्रतिशत खर्च गरेको छ । यो मन्त्रालयका लागि चालु वर्ष दुई अर्ब ३७ करोड ३४ लाख बजेट रहेकोमा ८३ करोड १५ लाख खर्च भएको हो । स्वास्थ्य मन्त्रालयले तीन अर्ब ३५ करोड ७० को बजेटमध्ये एक अर्ब २५ करोड ८३ लाख खर्च गरी सकेको छ । जुन ३७ दशमलव पाँच प्रतिशत हुन आउँछ । 

प्रदेश लेखा नियन्त्रणक सुरेश सुवेदीले यो वर्ष सङ्घ सरकारबाट प्राप्त हुने अनुदानमा खासै समस्या नरहेको बताए । उनले भने, “राजस्व बाँडफाँटको रकम नियमित प्राप्त भएको छ । वित्तीय समानीकरण अनुदान भने चार प्रतिशत घटेर आएको छ ।’ 

गण्डकी सरकारले अपेक्षित राजस्व सङ्कलनसमेत गर्न सकेको छैन । आन्तरिक आय पाँच अर्ब ७३ करोड हुने अनुमान गरिएकोमा अहिलेसम्म तीन अर्ब १७ करोड ६८ लाखमात्र सङ्कलन भएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचन यसपालि आवश्यकता र सरकारको नीति अनुरूपको बजेट ल्याउने तयारीमा रहेको बताउछन् ।

“अघिल्लो वर्ष सरकार परिवर्तन, अन्य कारणले पनि बजेट र नीतिमा तालमेल कम भएको थियो,” उनले भने, “यसपालि प्रदेशको आवश्यकता र नीति अनुसारको यथार्थपरक बजेट ल्याउँछौँ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending