बाजुरा। बाजुराको पूर्वी क्षेत्रमा पछिल्लो समय किसानहरू दाँते ओखर खेतीप्रति आकर्षित बन्दै गएका छन्। कृषि क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले परीक्षणका रूपमा वितरण गरेका दाँते ओखरका बिरुवा राम्रोसँग हुर्कनुका साथै फल्ने सम्भावना देखिएपछि किसानको आकर्षण बढेको हो।
बुढीनन्दा नगरपालिका–७ का स्थानीय दत्त विकले एक संस्थाले परीक्षणका लागि गाउँमा केही दाँते ओखरका बिरुवा दिएको र ती बिरुवा दुई–तीन वर्षमै राम्रोसँग हुर्केर फल दिन थालेको बताए।
उनले भने, “यहाँका किसानलाई दाँते ओखर फल्छ भन्ने खासै जानकारी थिएन। अहिले परीक्षणका लागि लगाइएका बिरुवा राम्रोसँग हुर्किएका छन्।” दाँते ओखर खेतीबाट जीविकोपार्जन सहज हुने सम्भावना देखिएपछि किसानहरू यसतर्फ आकर्षित बन्दै गएको उनको भनाइ छ।
जिल्लाको हिमाली, जगनाथ, स्वामिकार्तिक खापर र बुढीनन्दा लगायतका स्थानीय तहमा समेत पछिल्लो समय दाँते ओखर खेतीप्रति चासो बढेको छ। यहाँको भौगोलिक तथा माटो ओखर खेतीका लागि उपयुक्त मानिएको छ।
स्थानीय रूपमा परम्परागत हाडे ओखर पहिलेदेखि नै जंगल क्षेत्रमा पाइने भए पनि दाँते ओखरको व्यवस्थित खेती यसअघि परीक्षणका रूपमा मात्र गरिएको थियो।
ओखर एक लामो आयु हुने ठुलो रुख हो, जसको आयु करिब २०० वर्षसम्म हुने बताइन्छ। एक परिपक्व ओखरको रुखले वार्षिक १०० देखि २०० किलोग्रामसम्म फल दिन सक्ने कृषि प्राविधिकहरू बताउँछन्।
नेपालमा ओखर मुख्यत: दुई प्रजातिका पाइन्छन्—हाडे ओखर र दाँते ओखर। दाँते ओखरलाई गुणस्तरीय मानिन्छ, जसको बाहिरी खोल नरम हुने भएकाले सजिलै फुटाएर खान सकिन्छ।
नेपालमा समुद्री सतहबाट ९०० देखि ३५०० मिटरसम्म ओखर खेती गर्न सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ। बिरुवा ७–७ मिटरको दूरीमा रोप्न उपयुक्त मानिन्छ भने प्रति रोपनी १० देखि १५ बिरुवा लगाउन सकिन्छ। ओखरले ५–६ वर्षपछि उत्पादन दिन सुरु गर्छ।
ओखरले मुटु स्वस्थ राख्न, तौल नियन्त्रण गर्न, क्यान्सरविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन तथा मस्तिष्कलाई सक्रिय बनाउन सहयोग गर्ने बताइन्छ।
विश्व बजारमा ओखरको माग बढ्दै गएपछि बाजुराका किसान पनि यस खेतीप्रति आकर्षित भएका छन्। स्थानीय बजारमा ओखर प्रतिकिलो ६०० देखि १५०० रुपियाँसम्म बिक्री हुने गरेको छ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार ओखर दीर्घकालीन आम्दानी दिने बाली भएकाले किसानहरूको आकर्षण बढ्दै गएको हो।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: