Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

धनुषामा जङ्गली जनावर तर्साउन जडान गरिएको विद्युतीय धरापले किसानकै ज्यान लिँदै

खबरडबली संवाददाता

धनुषा । जङ्गली जनावरलाई तर्साउन खेतमा जडान गरिएका विद्युतीय धरापले किसानका लागि नै ज्यानमारा साबित हुन थालेका छन् । बिहीबार धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्गलीदेवी महतोको यस्तै विद्युतीय धरापमा परेरमा ज्यान गयो ।

स्थानीय किसान रामप्रमोद महतोले जङ्गली जनावरबाट आफ्नो खेतको अन्नबाली जोगाउन बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । सँगै टाँसिएर रहेको आफ्नो खेतमा काम गर्ने क्रममा मङ्गलीदेवी झुक्किएर नाङ्गो तार छुन पुगेका छन् ।

पाँच महिना अघि पनि सोही क्षेत्रमा किसान गर्भु महतोले खेतमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर २० वर्षीय मिथलेशकुमार महतोको ज्यान गएको थियो । त्यसअघि धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको पनि त्यस्तै घटनामा मृत्यु भएको थियो । पछिल्ला केही वर्षदेखि धनुषा जिल्लाको उत्तरी भेगका किसान जङ्गली जनावरले खेतको अन्नबाली नोक्सानी गर्न थालेपछि त्यसबाट बाली सुरक्षित राख्न किसानले विद्युतीय धराप बिच्छ्याउने गरेका छन् । खेतमा लगाइएका धान, मकै, गहुँ, तरकारीजस्ता मुख्य बाली खाएर नोक्सानी पुर्‍याउने गरेको स्थानीय किसानको गुनासो छ ।

यस्ता जनावरको झुण्ड खेतमा पसेपछि पूरै बाली नष्ट गरिदिन्छन् । कतिपय अवस्थामा रोपेको बाली उखेलिदिने, पाकेको बाली खाइदिएर नष्ट गरिदिने गरेका छन् । स्थानीय सुरज महतोले वन्यजन्तुले दिनदिनै खेतको अन्नबाली सखाप बनाउन थालेपछि किसानले खेतको चारैतिर नाङ्गो तार तानेर त्यसमार्फत करेन्ट प्रवाह गर्ने असुरक्षित उपाय अपनाउन थालेको बताए । 

यसले गर्दा अन्नबाली जोगिए पनि यो जोखिमपूर्ण उपाय किसानकै लागि घातक बन्न थालेको उल्लेख गर्दै उनले खेतमै काम गर्ने आफन्त, छिमेकी वा पशु समेत यसबाट घाइते वा मृत हुने घटना बढ्दै गएको जानकारी दिए । उनका अनुसार सरकार तथा सम्बन्धित निकायले वैकल्पिक प्रविधि र चेतनामूलक कार्यक्रम तत्काल नल्याएसम्म यस्तो असुरक्षित उपाय किसानले अपनाइरहने छन् ।

ढल्केबरका अर्का स्थानीय महेश महतोले यस्ता गतिविधिमा संलग्नलाई कानुन अनुसार कडा कारबाही हुनुपर्ने बताए । गाउँमा पटकपटक यस्तो घटना हुने गरेको बताउँदै उनले बाली सुरक्षाका लागि अन्य विधि अपनाउनुपर्ने जानकारी दिए । 

विद्युत प्राधिकरण सखुवा महेन्द्रनगर शाखाका प्रमुख प्रविणकुमार मिश्रका अनुसार नेपालमा खेतबारी जोगाउन करेन्ट प्रवाह गरिने व्यवस्था वैधानिक नभएको बताए । खुला रूपमा नाङ्गो तारमा करेन्ट प्रवाह गर्न पाइँदैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कम्युनिस्ट पार्टी रौतामाई गाउँपालिकाको एकता सन्देश सभा सम्पन्न

हाेमबहादुर बस्नेत उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई ...

चोरी गरेको ६५ लाख रकमसहित एक जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल...

दार्चुलामा बढे मतदाता

दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जि...

शान्ति र समृद्धितर्फ अगाडि बढाउन नेकपाको विकल्प छैन: नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लाग...

सोसल मिडियामा विचारविहीनहरूको होहल्ला बढ्यो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै क...

नेपालमा छिमेकी र शक्तिशाली देशहरूको चलखेल: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुकहरू र विश्वका शक्तिशाली देशहरूको चलखेल स्वाभाविक रहेको ब...

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending