Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बाजुरामा रैथाने बाली संरक्षण अभियान सुरु

खबरडबली संवाददाता

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले रैथाने बाली कागुनो, झुमरो, चिनो, कोदो, मकैको संरक्षण अभियान सुरु गरेको छ ।  

मानव स्वास्थ्यका लागि निकै उपयोगी रहेको स्थानीय बाली पछिल्लो समय लोप हुने अवस्थामा रहेको भन्दै स्वामिकार्तिक खापर गाउँपालिकाले यसको संरक्षण अभियान सुरु गरेको छ ।राम्रो उत्पादन हुने यो बालिलाई यहाँका कृषकहरूले गाउँमा यसको खासै खेती गर्न इच्छा नदेखाएपछि स्थानीय सरकारले पहल सुरु गरेको हो । 

पहिला गाउँमा सारै भोकमरी हुन्थ्यो । त्यति बेला कागुनो, झुमरो, कोदो र मकै लगायतको रैथाने बाली लगाउने गर्थ्यौ । अहिले गाउँमा सडक पुगेपछि घरमै दलेको दाल  र फलेको चामल पाउन थालेपछि यहाँका सबै स्थानीयले यसको खेती गर्न छोडेको स्वामिकार्तिक खापर गाउँपालिका स्थानीय नरबहादुर लहुारले बताए । उनले भने, “यसको बारेमा हामीलाई  खासै ज्ञान थिएन । यो बाली मानव स्वास्थ्यका लागि निकै उपयोगी रहेछ । त्यसैले यती बेला यसलाई पालिकाले संरक्षण गर्न थालेको रहेछ ।

पहिला खानका लागि लगाउने गर्थ्यो । अहिले यो बाली मानव स्वास्थ्यका लागि निकै उपयोगी रहेको छ । अहिले यो बाली किन्नका लागि समेत गाउँमा आउने गरेका छन् । सडक गाउँमा पुगेसँगै यो बालीको पनि देश तथा विदेशमा माग हुने गरेपछि अब फेरि यहाँका किसान बिक्रीका लागि खेती गर्न थालेको लुहारले बताए । 

केही वर्ष पहिला यहाँ यसको खेती गर्दैन थिए । अहिले पालिकाले यसको महत्त्व तथा बिक्रीका बजारीकरणको व्यवस्था सँगै ढुवानी अनुदान  समेत दिन थालेपछि कागुनो झुमरो चिनो लगायतको रैथाने बाली १.२ मेट्रिक टन उत्पादन हुने गरेको स्वार्किातक खापर गाउँपालिकाको कृषि शाखा सहायक प्रमुख रत्न रावलले बताए । 

रैथाने बाली मानव स्वास्थ्यका लागि निकै राम्रो भएको र यसको खेती गर्दा यहाँका स्थानीयको  आयआर्जनमा थप केही टेवा पुग्ने देखिएकोले पालिका यसको संरक्षणमा लागेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । उनले भने, “अहिले पालिकाले कागुनो झुमरो चिनो उन्नतखाले पुरानो स्थानीय जातको धान कोदो लगायतको बिउ समेत किसानलाई वितरण गर्ने गरेको छ । रैथाने बालीको खेती गर्न उत्प्रेरित गर्ने गरी यती बेला पालिकाको कृषि विकास शाखाले यो बिउ किसानलाई वितरण गरेको छ ।”

रैथाने बाली उत्पादनका लागि यहाँको माटो उत्तम देखिएकोले पछिल्लो समय किसानलाई रैथाने बाली खेती गर्नका लागि हौसला दिने गरेका छौँ । साथै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा समेत रैथाने बालीको परिवार अनिवार्य गर्ने भनेका छौँ । यसले गर्दा एका तिर रैथाने बाली संरक्षण हुने र अर्को  यहाँका किसानको आयआर्जनमा थप टेवा पुग्ने अध्यक्ष रोकायाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: