Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

को हुन् नवराज भेंडा ? किन भेट दिएनन् प्रधानमन्त्री ओलीले उनलाई ?

खबरडबली संवाददाता

सुर्खेत । नवराज बोहोरा कर्णालीमा ‘नवराज भेंडा’ उपनामले परिचित एक फिरन्ते अभियन्ता हुन् । वीरेन्द्रनगर नगरपालिका—६ का उनी मंगलबार खाली खुट्टा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेको विषय चर्चामा छ ।

करिब एक महिना लगाएर सुर्खेतबाट काठमाडौँ पुगेका उनी प्रधानमन्त्री ओलीलाई भेटेर कर्णालीमा भएका भ्रष्टाचार, बेथिति र समस्या राख्न चाहन्थे । उनलाई प्रधानमन्त्री कार्यालयमा ‘गोल्डस्टार’ जुत्ता दिएर फर्काइयो ।

सयौँ किलोमिटरको यात्रा, त्यो पनि खाली खुट्टा । सुर्खेतको धुलो र गिट्टीदेखि काठमाडौँको चिल्लो सडकसम्म नाङ्गो पैतालाले नापेका नवराज व्यक्तिगत रूपमा नभई कर्णालीको मौन चित्कारलाई देशको शासकसम्म पुर्‍याउने अथक प्रयासमा जुटेका थिए ।

नवराजको यात्रा जेठ ४ गते सुर्खेतबाट सुरु भयो । उनको उद्देश्य व्यक्तिगत थिएन । उनी अनियमितता, भ्रष्टाचार विरुद्धको अभियानका साथै सबै हिसाबले पछि परेको कर्णलीको आवाज बोकेर हिँडेका थिए । ‘मेरो अभियान जनचेतनामूलक थियो,’ प्रधानमन्त्री ओलीसँग भेट्न नपाएर निराश बनेका उनले भने, ‘त्यही अभियानको एउटा सांकेतिक हिस्सा थियो– खाली खुट्टाको यात्रा ।’

नवराजको साथमा एउटा झोला थियो । कुनै व्यक्तिगत स्वार्थ थिएन, थियो त केवल कर्णालीको आवाज । प्रधानमन्त्रीलाई भेटेर उनी भ्रष्टाचार बाहेक कर्णालीका मुख्य चार वटा विषय राख्न चाहन्थे– ऊर्जा, कृषि, स्वास्थ्य र शिक्षा ।

कर्णाली सरकारले कृषि क्षेत्रमा वितरण गर्ने अनुदानको बेथितिबारे उनी प्रधानमन्त्री ओलीसँग गुनासो राख्न चाहन्थे । ‘कर्णालीमा कागजमा मात्र किसान बनेर अनुदान खाने प्रवृति छ,’ उनले भने, ‘वास्तविक किसानले न अनुदान पाउँछन्, न त कतै अवसर ।’

स्वास्थ्यमा सरकारले घोषणा गरेको एक लाखको निःशुल्क उपचार काठमाडौँमा महिनौँ कुर्नुपर्दा कसरी महँगो साबित हुन्छ भन्ने पीडा उनी सुनाउन चाहन्थे । कर्णालीमा केवल दुई अस्पताल (प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा सीमित सुविधा र अन्य प्रदेशमा दर्जनौँ अस्पताल हुनुको विभेद उनको मुद्दा थियो ।

शिक्षामा सामुदायिक विद्यालयभित्रै ‘धनी’ र ‘गरिब’ स्कुल भनेर गरिने भेदभावको अन्त्य आफ्नो माग रहेको उनले बताए ।

अर्को प्रमुख समस्या भनेको विद्युत्को हो । यतिवेला कर्णालीको राजधानी वीरेन्द्रनगरमा दैनिक सयौँ पटक विद्युत् अवरुद्ध हुन्छ । गर्मीले नागरिक छटपटीमा हुन्छन् । देश लोडसेडिङमुक्त भएको घोषणा गरिए पनि कर्णाली अनियमित विद्युतको मारमा छ ।

कर्णालीवासीलाई अनियमित विद्युतको मारबाट मुक्ति दिलाउनुपर्ने कुरा प्रधानमन्त्रीसँग राख्ने चाहना भएको नवराज बताउँछन् । तर उनलाई प्रधानमन्त्री ओलीले भेट्न समय दिएनन् ।

सात सय किलोमिटरभन्दा लामो यात्रापछि थकित नवराज थिलथिलो भएको पैतालासहित प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा जुटे । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनलाई सुरक्षाकर्मीले दुइ सय मिटर परै रोकिदिए । नवराजका अनुसार सुरक्षाको कारण देखाएर उनलाई रोकिएको थियो ।

‘मजस्तो फिरन्ते, सडकको मान्छेबाट देशको प्रधानमन्त्रीलाई केको डर थियो होला र ?’ नवराज प्रश्न गर्छन् ।

उनले प्रधानमन्त्री कार्यालयका सचिव र अन्य अधिकारीहरूलाई भेटेर आफ्ना सबै मुद्दा बुँदागत रूपमा राखे । तर, जसलाई सुनाउन उनी यति लामो कष्ट सहेर काठमाडौँ पुगे,  त्यो मुख्य ढोका उनका लागि खुलेन । करिब एक घण्टाभन्दा बढी समय प्रधानमन्त्रीको ढोकामा उभिएको अनुभव उनले सुनाए ।

‘मेरो खुट्टाको घाउभन्दा ठुलो पीडा देशको अभिभावकले भेट्न नचाहेको देख्दा भयो,’ नवराज भन्छन्, ‘त्यो हेपाइले मेरो मन पोलेको छ ।’

कुनै राजनीतिक पार्टीमा आबद्ध नभएकै कारण आफूलाई प्रधानमन्त्रीले भेट नदिएको हो कि भन्ने उनलाई लागेको छ अहिले । ‘के प्रधानमन्त्री ओली आफ्नो पार्टीको मात्रै हो रु जनताको होइन रु,’ उनको प्रश्न छ ।

अब केही दिन काठमाडौँमै बसेर खुट्टाको उपचार गर्ने अनि फर्किने नवराजले बताए । प्रधानमन्त्रीले नभेट्दैमा आफ्नो अभियान नसकिएको उनको भनाइ छ । ‘पैतालाका घाउ निको होलान्, तर कर्णालीले भोगेको उपेक्षाको घाउ अझै गहिरो छ,’ नवराजले भने, ‘एउटा आम नागरिकको आवाज जब देशको सर्वोच्च कार्यकारी पदमा बसेको व्यक्तिसम्म पुग्दैन, तब लोकतन्त्रको सुन्दर पक्षमाथि नै प्रश्नचिह्न खडा हुन्छ ।’

को हुन् नवराज भेंडा ?
‘नवराज भेंडा’ भनेर चिनिने उनी विगत एक दशकदेखि सामाजिक अभियानमा समर्पित छन् । उनी आफूलाई कुनै राजनीतिकर्मी वा नेताभन्दा पनि ‘सडक अभियन्ता’ को रुपमा चिनाउँछन् । ‘म सडकमा रहेको फोहोर होस् वा पर्यावरण र पशुको संरक्षण, यिनै विषयमा काम गर्नुपर्छ भन्ने सोचले समर्पित मान्छे हुँ,’ नवराजले भने ।

आफ्नो उपनाम ‘भेंडा’बारे उनले भने, ‘यो मेरो काम गर्ने शैलीको प्रतीक हो । म कुनै पनि अभियान सुरु गरेपछि भेंडाजस्तै एकोहोरो लागेर त्यसलाई निरन्तरता दिन्छु र पूरा नगरी छोड्दिनँ ।’

अखण्ड मध्यपश्चिम आन्दोलनपछि सडकमा थुप्रिएको फोहोर उठाउन उनले एकल सरसफाइ अभियान चलाएका थिए । त्यसयता नवराज वीरेन्द्रनगरमा कहिले घाइते पशु (गाई) को उपचारमा सक्रिय देखिन्छन् त कहिले सफाइ अभियानमा ।

वीरेन्द्रनगरमा फोहोर व्यवस्थापन र वृक्षारोपण कार्यमा उनी एक्लै भए पनि खटिएको भेटिन्छन् । उनले पुराना रूख र पिपलको संरक्षणका लागि चौतारा निर्माणजस्ता काम पनि गरेका छन् ।

अहिलेसम्म सडक दुर्घटनामा मरेका तीन सयभन्दा बढी गाईको शव व्यवस्थापन आफ्नै पहलमा गरेका छन् उनले । सयौँ घाइते पशुको उपचारमा उनी निरन्तर खटिँदै आएका छन् । ‘सम्बन्धित निकायको गैरजिम्मेवारीका कारण यो समस्या रोकिएको छैन,’ उनी भन्छन् ।

वीरेन्द्रनगर र आसपासका क्षेत्रमा घाइते तथा बिरामी पशु देखिए नवराजलाई फोन आउँछ । एउटा झोला भिरेर उनी स्कुटरमा दौडिन्छन् ।

साथै विपन्न तथा विकट क्षेत्रका बालबालिकाको शिक्षा र नागरिकताविहीन लावारिस बालबालिकाको स्वास्थ्य उपचारका लागि उनले स्थानीय स्तरमा सहयोग जुटाएर अभियान सञ्चालन गर्दै आएका छन् ।

गर्मी समयमा वीरेन्द्रनगरको मंगलगढी चोकमा यात्रुलाई निःशुल्क पानी वितरण गरिहेको अवस्थामा भेटिन्छन् नवराज । उनी एक फिरन्ते अभियन्ता हुन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

माओवादीबाट जितेका रास्वपामा लागेका उपाध्यक्षको पद धरापमा, आयोगमा पुग्यो पत्र

अध्यक्षले कार्यभारसमेत दिएनन्

सहरका खुला ठाउँमा बढ्दो विकृति : पार्कदेखि खाली जग्गासम्म दुर्व्यसनीको कब्जामा

दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क

‘जहाज हल्लिँदैमा दुर्घटना हुँदैन, सरकारको उडान गन्तव्यमा पुर्‍याउँछौं’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्‍याएरै छाड्ने प्र...

बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...

तीजमा गुञ्जिँदैछ ‘तीजको रहर आयो बरिलै’, दीपा नारायण झाको एकल सांगीतिक साँझ

काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...

२२ वर्षपछि गायनमा फर्किइन् संगीता भण्डारी, ‘रानीहार’मार्फत तीजमा नयाँ सुरुवात

काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending