Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

कुन प्रदेश सरकारले कति ल्याए बजेट ?

खबरडबली संवाददाता

काठमाडौं । प्रदेश सरकारले बजेट ल्याएका छन् । संवैधानिक व्यवस्था अनुसार ७ वटा प्रदेशले आइतबार बजेट ल्याएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार संघले जेठ १५ र प्रदेशले असार १ गते बजेट ल्याउनुपर्छ । सोही व्यवस्था अनुसार प्रदेश सरकारले दिन–रात गरेर बजेट ल्याए ।

बजेट निर्माणका विषयमा सत्तारुढ दलबीच नै खटपट हुँदा बागमती र सुदूरपश्चिम प्रदेशले राति मात्रै बजेट ल्याएका हुन् । कर्णालीले भने प्रतिपक्षी दलहरुको अवरोधका मधेरातमा बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सात प्रदेशमध्ये सबैभन्दा धेरै बजेट बागमती प्रदेशले ल्याएको छ भने सबैभन्दा कम गण्डकीको छ । बागमतीको बजेट करिब साढे ६७ अर्बको छ । गण्डकीले ३१ अर्बको बजेट ल्याएको छ ।

प्रदेशहरुले ल्याएको बजेटमा धेरै कार्यक्रम पुरानै दोहोरिएका छन् । केही कार्यक्रम सरकारको रुचिअनुसार थपिएका छन् । केही प्रदेशले सांसदका नाममा १ देखि पाँच करोड बजेट छुट्याएका छन्।

बागमतीमा सबैभन्दा धेरै बजेट
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब साढे ६७ अर्बको बजेट ल्याएको छ ।

आइतबार राति बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ ३८.६ प्रतिशत अर्थात २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१.४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्न दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइए पनि बजेटको आकारलाई लिएर सरकारमा विवाद उत्पन्न भएपछि राति मात्रै बैठब बसेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भएकोमा बजेटको आकार झण्डै ४ अर्ब बढाइएको भन्दै सरकारमा मतभेत सिर्जना भएको थियो । अन्ततः बजेटको आकार ६८ अर्बमै यथावत राखेर ल्याइएको छ ।

आर्थिक मामिलामन्त्री काफ्लेले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख बजेट विनियोजन गरेको बताएका छन् ।

संस्कृति तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई २५ करोड ७८ लाख रुपैयाँ बिनियोजन गरिएको मन्त्री काफ्लेले जानकारी दिए । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयलाई ७७ करोड ९६ लाख बिनियोजन भएको छ ।

यसैगरी, वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ९९ सय करोड ६७ लाख विनियोजन भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ८७ करोड ४१ लाख विनियोजन गरेको मन्त्री काफ्लेले जानकारी थिए । स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख बजेटको व्यवस्था गरिएको उनले जनाए ।

सामाजिक विकास मन्त्रालयको लागि ४ अर्ब ३५ करोड ९७ लाख बिनियोजन भएको छ । युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब १६ करोड विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २४ अर्ब ८० करोड १९ लाख बिनियोजन गरेको मन्त्री काफ्लेले जानकारी दिए । खानेपानी, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख विनियोजन भएको छ ।
यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६२ करोड ११ लाख विनियोजन गरिएको छ ।

मधेशले बढायो बजेटको आकार

मधेश प्रदेश सरकारले आकार बढाएर बजेट ल्याएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ६.१३ प्रतिशतले बढाएर ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख २४ हजार रुपैयाँ अर्थात ६४.११ प्रतिशत विनियोजन गरेका छन् ।

आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

यसपटक मधेशले राजश्व बाँडफाँटबाट एक अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।

मन्त्री यादवले बजेटमा ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड ८९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन् ।

लुम्बिनीको संकल्प : समृद्ध लुम्बिनी, खुसी नागरिक

लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

लुम्बिनीले आर्थिक वर्ष २०८२/०८३ का लागि चालुतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात ३०.८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६०.३२ प्रतिशत विनियोजन गरेको हो ।

आइतबार लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् । वित्तीय हस्तान्तरणका लागि तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात ८.८० प्रतिशत अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी : खुसी नागरिकको दीर्घकालीन आकांक्षा हासिल गर्ने संकल्प गरेको छ । जस अन्तरगत कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय शिक्षा र स्वाथ्य सेवामा पहुँच, उद्यमशिलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजना गर्दै आर्थिक असमानता र गरिबी न्यूनीकरणमा सहयोग पुग्नेगरी बजेटले प्राथमिकतामा राखेको छ ।

उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न गरिबी न्यूनिकरण तथा आर्थिक असानता घटाउनेगरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गरिएको जनाइएको छ ।

कोशीको बजेट करिब ३६ अर्ब

कोशी प्रदेशले करिब ३६ अर्बको बजेट ल्याएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आइतबार प्रदेश सभामा ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

उनले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ बजेट प्रस्तुत गरे । चाल बजेट ५२ प्रतिशत हो भने पुँजीगत ४७.७ प्रतिशत हो ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३ प्रतिशत बजेट रहेको मन्त्री रानाले जानकारी दिए । कोशीले स्थानीय तहलाई चार अर्ब ७० करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

बजेटको स्रोत आन्तरिक राजस्व पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख रहेको छ ।

यसका साथै समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख खर्च ६ लाख रुपैयाँ खर्च व्यहोरिने आर्थिक मामिला तथा योजनामन्त्री मगरले बताए । बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोड व्यहोरिने उनको भनाइ छ ।

बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिंचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड विनियोजन गरिएको छ ।

सुदूरपश्चिममासाढे ३३ अर्बको बजेट

सत्तारुढकै दलहरुबीच खटपट परेपछि सुदूरपश्चिम प्रदेशले तोकिएको समयभन्दा पछि आइतबार राति बजेट ल्याएको छ ।

आइतबार राति भएको प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

जम्मा बजेटमध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात ३०.४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड ७७ लाख अथात १०.२४ प्रतिशत र वित्तीयतर्फ एक करोड विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा सबैभन्दा बढी नेपाल सरकारबाट राजश्व बाँडफाँट भएर प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख राखिएको छ भने नेपाल सरकारको सरकारी वित्तिय समानीकरण अनुदानतर्फ ८ अर्ब ९२ करोड ५६लाख राखिएको छ ।
यस्तै चालु आर्थिक वर्षको बचत हुने रकम ७ अर्ब ६६ करोड ६३ लाख हुने अनुमान गरिएको छ भने सशर्त अनुदानबाट चार अर्ब ३ लाख, आन्तरिक राजश्व परिचालन एक अर्ब ६५ लाख, संघीय समपूरक अनुदान ६० करोड २६ लाख, विशेष अनुदान ५१ करोड ६० लाख हुने अनुमान गरिएको छ ।

गण्डकीमा नयाँ बजेट, पुरानै कार्यक्रम

गण्डकी प्रदेश सरकारले पुरानै कार्यक्रम सममेटेर नयाँ बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङले करिब ३२ अर्बको बजेट प्रस्तुत गरेका हुन् ।

आइतबारको प्रदेश सभा बैठकमा उनले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरे । जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६३ लाख ७५ हजार र पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

वित्तिय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ छुट्याइएको छ । एक करोड ५४ लाख ५२ हजार व्ययभार हुने अर्थमन्त्रीको अनुमान छ ।

सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि ११ अर्ब ९८ करोड ९ लाख ८ हजार रुपैयाँको बजेट छुट्याइएको छ ।

बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार र रोयल्टी बाँडफाँडबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ । यस्तै सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानबाट ६३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ८६ लाख आउनेछ ।

पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ आन्तरिक राजश्व उठाउने अनुमान प्रदेश सरकारले गरेको छ ।

चालू आर्थिक वर्षको कार्यक्रमबाट खर्च हुन नसकेर २ अर्ब २४ करोड ५० लाख ९४ हजार रुपैयाँ बचत रहने र बजेटमा अपुग भएको १ अर्ब ७५ करोड आन्तरिक ऋण लिने अर्थमन्त्री गुरुङले बताए ।

दोस्रोपटक बजेट ल्याएका अर्थमन्त्री डा. गुरुङले अधिकांश चालु आर्थिक वर्षकै कार्यक्रमलाई निरन्तरता दिएका छन् । कृषितर्फ पशु चौपायाको व्यवसायीकरणका लागि चरन सुधार, पोखरी संरक्षण, प्राविधिक सेवा, खर्क सुधार, आलु उत्पादन, सुन्तला र अन्य फलफूलको बगैंचा स्थानीय र सुदृढीकरण जस्ता कार्यक्रमलाई अर्थमन्त्रीले निरन्तरता दिएका हुन् ।

राउण्ड फेवा भ्यू फेवा, प्रदेशको उत्पादन प्रदेशको पहिचान, पहिले घरदेश अनि परदेश अभियान जस्ता कार्यक्रम यसपटक पनि समेटिएका छन् । शिक्षातर्फ विग र लिड विद्यालय, सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रम र युवा तथा खेलकुदतर्फ युवा प्रतिभा सम्मान, समय घटाउने आम्दानी बढाउने र उचाइमा खेल खेलमा उचाई जस्ता कार्यक्रमले पनि निरन्तरता पाएका छन् ।

राइड शेयरिङ र सेल्फ ड्राइभिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको अर्थमन्त्री गुरुङले वक्तव्यमा उल्लेख गरेका छन् । जुन विषय यसअघि नै विवादित भएको थियो ।

कर्णालीको बजेट मध्यरातमा

संवैधानिक व्यवस्था अनुसार आइतबार बजेट ल्याइसक्नु पर्ने भए पछि कर्णाली प्रदेशले भने मध्येराति बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको हो ।

यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढेको हो । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ ।

दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा मध्यराति १२ बज्नभन्दा केही मिनेट अघिमात्रै कर्णालीमा बजेट सार्वजनिक गरिएको हो ।

प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले बजेट बहिष्कार गर्ने चेतावनी दिएपछि दिनभर बजेट आउने वा नआउने भन्ने अन्यौल थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले ढलेका रुख, लडेको विद्युत् आपूर्ति

देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय

मधेश सरकारमा सत्ता समीकरणको नयाँ संकट

शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पाँच वर्षदेखि निर्माणमै अल्झिएको अस्पताल भवन नबन्दा बिरामीले भोग्दै भीड, सास्ती र अपूरो उपचार

गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...

ट्रकभित्रको चिच्याहटः बजारसम्म आइपुग्ने मासुको पछाडि लुकेको अमानवीय यात्रा

काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...

बर्खा नलाग्दै विपत्तिको संकेत

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश

भारतमा इन्धनको भाउमा आगो : १० दिनमै चौथो पटक मूल्यवृद्धि, दिल्लीमा पेट्रोल १०२ रुपैयाँ नाघ्यो

काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक : गोलभेँडा ८० रुपैयाँसम्म, सिताके च्याउ १ हजार !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...

खेतमा भैँसी गएको निहुँमा ६० वर्षीया दलित महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending