काठमाडौं । मनसुनी सिजनमा गाईभैंसीमा देखा पर्ने प्राण घातक रोग लम्पी स्कीन रोग यस वर्ष मनसुनको प्रारम्भमै तीन जिल्लामा देखा परिसकेको छ।
पशु सेवा विभागका अनुसार, पूर्वको झापा र इलाम र कर्णालीको रूकुमका गाईभैंसीमा यो रोग देखा परेको छ।
यो रोगको जीवाणु लामखुट्टे, झिागा र किर्नाको टोकाइबाट गाईभैंसीमा सर्ने भएकाले चौपाया पालेको स्थान र आसपासको सरसफाइमा पर्याप्त सजगता अपनाउन प्राविधिकहरुले सुझाएका छन् ।
विभागका अनुसार झापामा १७४ वटामा र इलाममा एक वर्ष भन्दा कम उमेरमा १५ बाच्छा बाच्छीमा यो रोग देखिएको छ ।
यो रोगको संक्रमणमा परेका गाईभैंसीमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घटाउने जस्ता लक्ष्य देखा पर्ने गरेको छ। यो लक्षणसँगै पशुको शरीरभरी ठूला ठूला फोकासहितका घाउ आउने गर्दछ ।
पशुसेवा विभागले भने यस पटक संक्रमणले महामारीको रुप नलिने दाबी गरेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समेत किसानको राहतका लागि गाइभैंसीका लागि खोप लगाउन सहयोग गरेकाले लम्पी स्किनले महामारीको रुप नलिनेमा विभागको विश्वास छ ।
सरकारले खरिद गरेको १४ लाख डोज खोपमध्ये १० लाख डोज प्रदेशहरुमा पठाइसकेको र अति प्रभावित मानिएको कर्णाली प्रदेशका यस अघि प्रभावित जिल्लाका गाईभैंसीमा खोप लगाइसकिएको विभागले जानकारी दिएको छ ।
लम्पी स्किन घातक रोग हो । यो रोग लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट एउटा पशुबाट अर्को पशुमा सर्ने भएकाले संक्रमित पशु भएका गोठ अन्य पशुहरुको सम्पर्कबाट बाहिर राख्नुपर्ने पशु चिकित्सकले सुझाएका छन् ।
पशु चिकित्सा परिषद्ले गरेको अध्ययन अनुसार, नेपालमा पहिलो पटक चार वर्ष अघि २०७७ सालमा मोरङमा यो रोग देखा परेको थियो। समयमै नियन्त्रणमा लिन चासो नदेखाउँदा झण्डै साढे दुई वर्षसम्म यसको प्रकोप कायमै रहँदा किसानले ७४ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढीको क्षति बेहोर्नुपरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: