काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।
तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अघिल्लो महाधिवेशनमा आफूले पनि गुटको नामलिष्ट हेरेरै भोट हालेको स्वीकार गरे। उनले आफ्नो प्रस्तावमा पार्टीका सबै साथीहरू तयार भए गुटबन्दी अन्त्य गर्न सकिने जिकिर गरे।
उनले कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य रहेको भन्दै नयाँ थप्दा १२ लाख पुगेपनि सबैले सभापति चुन्न पाउने गरी जानुपर्ने उनको भनाइ छ।
उनले भने, ‘हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौँमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौँ। १२ लाख मान्छेलाई यदि हामी बुथमा निकाल्छौँ, उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्नेरु सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न।’
उनले पार्टीको महाधिवेशन ०८३ मंसिर भन्दा अगाडि नै हुने दाबी गरे। ०८४ को चुनावपछि अधिवेशन हुन्छ भन्ने आशङ्का छ भने त्यो भ्रमबाट निस्कन आग्रह गरे।
उनले पार्टी सभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भनेपनि अदालतले देखाइदिने भन्दै रोक्न नमिल्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: