काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता र अन्य पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याउने लक्ष्यसाथ जतिपनि पनि केन्द्रीय सदस्य बनाउन सक्नेगरी प्रावधान निष्क्रिय बनाएको छ । हालै बसेको पदाधिकारी बैठकले प्रावधान निष्क्रिय भएकाले पार्टीपंक्तिमा सर्कुलर पठाएको हाे।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा पार्टी विधानको प्रावधान अनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेपनि तत्काललाई निष्क्रिय बनाइएको उल्लेख छ ।
सर्कुलरमा भनिएको छ, ‘पार्टी एकता, समायोजन र ध्रुविकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निस्क्रिय बनाउने ।’
माओवादीको विधानमा ९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने उल्लेख छ । तर, अहिले पार्टीमा अन्य पार्टीका नेता कार्यकर्ता भित्र्याउने रणनीति अख्तियार गरेर माओवादीले तत्काललाई प्रावधान निष्क्रिय बनाएको हो ।
सर्कुलरमा नेपाल समाजवादी पार्टीको गंगानारायण श्रेष्ठ समूह, नेपाः राष्ट्रिय पार्टी, माओवादी पुनर्मिलन कार्यक्रमबाट समायोजन भएका, अन्य पार्टी एकता र समायोजनमा सहभागी भएकाहरुलाई पनि जिम्मेवारी दिएको उल्लेख छ ।
उनले बाँकी प्रदेश समिति, जिल्ला तथा स्थानीय समितिहरुको सन्दर्भमा आपसी सहमतिको आधारमा समायोजन गरी सम्बन्धित प्रदेशहरूमा परिपत्र गरिने उल्लेख छ ।
माओवादीभित्र पार्टी संगठन भद्दा भएको भन्दै चर्को आलोचना हुने गरेको भएपनि आगामी महाधिवेशनसम्म भन्दै लगातार केन्द्रीय सदस्य थप गर्दै आइरहेको छ । अहिले माओवादीमा केन्द्रीय सदस्यको संख्या कति पुगे भन्ने एकिन नै छैन ।
यी निर्णयबारे छलफल गर्नको लागि माओवादीको केन्द्रीय कमिटी बैठक चाँडै बस्दैछ भने आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: