काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात नियमित भइरहेकाले बजारमा देखिएको समस्या आपूर्तिको नभई सिलिन्डर साट्ने चापका कारण उत्पन्न भएको बताएका छन्।
रातोपाटीसँगको कुराकानीमा अध्यक्ष चन्दले हाल दैनिक १०० भन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेको जानकारी दिए। उनका अनुसार आयातमा कुनै अवरोध नभए पनि केही समयअघि वितरण गरिएका आधा सिलिन्डर साट्न र घरमा थन्किएका खाली सिलिन्डर एकैपटक भर्न ल्याइएकाले वितरण प्रणालीमा अस्थायी दबाब परेको हो।
केही महिनाअघि ग्यास आपूर्तिमा समस्या देखिएपछि सरकार र उद्योगीले ७.१ किलोका आधा सिलिन्डर वितरण गरेका थिए। अहिले पुनः १४.२ किलोका भरिएका सिलिन्डर उपलब्ध हुन थालेपछि धेरै उपभोक्ता एकैपटक सबै खाली सिलिन्डर भर्न डिपो पुगेको संघको भनाइ छ।
“धेरैजसो उपभोक्ताका घरमा १० देखि १५ वटासम्म सिलिन्डर छन्। ती सबै सिलिन्डर एकैपटक भर्न ल्याउँदा बजारमा ग्यास अभाव भएजस्तो देखिएको हो। यो अवस्था आउन सक्ने अनुमान हामीले पहिले नै गरेका थियौँ,” अध्यक्ष चन्दले भने।
उनका अनुसार सुदूरपश्चिम, कर्णाली र अन्य दुर्गम पहाडी जिल्लामा भने वर्षायामका कारण ढुवानीमा केही कठिनाइ हुन सक्छ। सडक अवरुद्ध हुने, पहिरो जाने र लामो दूरीका कारण ग्यास पुर्याउन समय लाग्ने भएकाले केही स्थानमा आपूर्ति ढिलो हुन सक्ने उनले बताए।
“ग्यासको आयातमा कुनै समस्या छैन। तर स्थानीय स्तरमा ढुवानी गर्न कहिलेकाहीँ कठिन हुन्छ। दार्चुलासम्म पुगेर फर्किन एउटा गाडीलाई सात दिनसम्म लाग्छ। त्यसैले केही ठाउँमा ढिलो भएको हुन सक्छ, तर ग्यास नै नभएको अवस्था भने होइन,” उनले स्पष्ट पारे।
अध्यक्ष चन्दले हालको अवस्था असामान्य नरहेको उल्लेख गर्दै उपभोक्तालाई अनावश्यक रूपमा आत्तिन वा ग्यास सञ्चय गर्न आवश्यक नभएको बताए। ग्यास भर्ने र वितरण गर्ने काम नियमित रूपमा भइरहेकाले केही दिनमै बजारको अवस्था थप सहज हुने उनले विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: