Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

खबरडबली संवाददाता

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली सिलिन्डर बोकेर डिपो–डिपो धाउनुपर्ने अवस्था देखिएपछि बजारमा ग्यास अभावको गुनासो चुलिएको छ।

तर, नेपाल आयल निगमले भने बजारमा ग्यासको अभाव नभएको दाबी गरेको छ। निगमका अनुसार हाल उपभोक्ताको मागभन्दा बढी नै ग्यास आयात भइरहेको छ र समस्या आपूर्तिमा होइन, वितरण प्रणाली र उपभोक्ताको सञ्चय गर्ने प्रवृत्तिमा रहेको बताइएको छ।

मागभन्दा धेरै ग्यास आयात भइरहेको निगमको दाबी

नेपाल आयल निगमका एलपीजी तथा एभिएसन विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार सामान्य अवस्थामा मासिक ३२ देखि ३४ हजार मेट्रिक टन ग्यास आयात हुने गरेकामा अहिले त्यसलाई बढाएर ४८ देखि ४९ हजार मेट्रिक टन पुर्‍याइएको छ।

उनका अनुसार अहिले दैनिक १०० भन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। हालै एकै दिन १४३ बुलेट र त्यसको अघिल्लो दिन १३३ बुलेट ग्यास आयात भएको थियो।

सामान्य अवस्थामा दैनिक एक लाख ८ हजारदेखि एक लाख १० हजार सिलिन्डर बिक्री हुने गरेकामा पछिल्ला दिनमा त्यो सङ्ख्या बढेर दैनिक एक लाख ३० हजार सिलिन्डरसम्म पुगेको निगमको तथ्याङ्क छ।

आधा सिलिन्डरबाट पूरा सिलिन्डरमा फर्किएपछि बढ्यो चाप

वर्तमान समस्या केही महिनाअघिको व्यवस्थापनसँग पनि जोडिएको छ। पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण ग्यास आपूर्तिमा अनिश्चितता देखिएपछि निगमले फागुन २९ गतेदेखि ७.१ किलोको आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेको थियो। त्यसबेला धेरै उपभोक्तासम्म सीमित परिमाणमा भए पनि ग्यास पुर्‍याउन यो व्यवस्था गरिएको थियो।

तर, आयात सहज बनेपछि असार ३१ गतेदेखि पुनः १४.२ किलोको पूरा सिलिन्डर वितरण सुरु गरियो। त्यसपछि उपभोक्ताले एकैपटक पूरा सिलिन्डर लिन थालेपछि वितरण प्रणालीमा एकाएक चाप बढेको निगमको भनाइ छ।

अनधिकृत विक्रेता र सञ्चय गर्ने प्रवृत्तिले बढायो समस्या

ग्यास विक्रेता महासङ्घका पूर्वअध्यक्ष चन्द्रबहादुर थापाका अनुसार बजारमा देखिएको समस्याको मुख्य कारण ग्यासको कमी नभई वितरण प्रणालीको कमजोरी हो।

उनका अनुसार आधिकारिक डिलरबाहेक किराना पसल, तरकारी पसललगायत अनुमति नपाएका स्थानबाट पनि ग्यास बिक्री भइरहेका कारण नियमित वितरण प्रणाली प्रभावित भएको छ। यस्ता 'भूमिगत' वा अनधिकृत विक्रेताले बजारमा असन्तुलन सिर्जना गरेको उनको भनाइ छ।

थापाले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमा थुपार्ने प्रवृत्तिले पनि कृत्रिम अभाव बढाएको बताए। उनका अनुसार सरकारले आधिकारिक विक्रेता प्रमाणीकरणलाई कडाइका साथ लागू गर्न आवश्यक छ।

विभागको भनाइ– अभाव होइन, मागको चाप

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि बजारमा ग्यासको वास्तविक अभाव नरहेको जनाएको छ।

विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार केही स्थानमा माग अत्यधिक बढेकाले वितरणमा अस्थायी दबाब देखिएको हो। भारततर्फका केही नाकामा प्राविधिक कारणले केही दिन ढुवानी प्रभावित भए पनि अहिले अवस्था सामान्य बन्दै गएको उनले बताए।

उनका अनुसार बजारमा अभावको हल्ला फैलिनेबित्तिकै धेरै उपभोक्ताले एकैपटक दुईदेखि चारवटासम्म सिलिन्डर सञ्चित गर्न खोज्ने प्रवृत्तिले कृत्रिम संकट निम्तिएको हो। यसको प्रत्यक्ष असर एउटा मात्रै सिलिन्डरमा निर्भर विद्यार्थी, डेरावासी र साना परिवारमा परेको विभागको निष्कर्ष छ।

विभागले कालोबजारी, ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि भेटिए कडा कारबाही गरिने चेतावनी दिँदै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।

 

विभागले कालोबजारी, ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि भेटिए कडा कारबाही गरिने चेतावनी दिँदै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending