Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

सामाजिक सद्भावमा जोड, सुरक्षा संयन्त्र सक्रिय

खबरडबली संवाददाता

मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिका साथै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाबारे शुक्रबार बिहान बसेको बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठकमा छलफल गरिएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेश प्रदेशमा देखिएको हिंसात्मक गतिविधि तथा बागमती प्रदेशको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो।

छलफलका क्रममा मुख्यमन्त्री बानियाँले सुनसरी घटनापछि उत्पन्न परिस्थिति अन्य प्रदेशमा समेत फैलिन सक्ने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय र सरोकारवाला निकायबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सहयोग पुग्ने गरी जिम्मेवार ढङ्गले काम गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिए।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न प्रदेशभित्र क्रियाशील राजनीतिक दलका प्रमुख तथा धार्मिक सङ्घ–सङ्गठनका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।

भर्चुअल बैठकमा बागमती प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा अवस्था, चुनौती र आगामी रणनीतिबारे जानकारी गराएको थिए।

बैठकमा आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री शिवराज अधिकारी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश सचिव कृष्णबहादुर शाही, नेपाली सेना मध्यपृतनापति, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख, सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश प्रमुखलगायतको सहभागिता रहेको थियो।

यसअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले थप हिंसा र क्षति हुन नदिन तथा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई धैर्य र संयम अपनाउँदै संवादमार्फत समस्या समाधान गर्न अपिल गरेको थियो। बैठकले परिस्थितिलाई थप बिग्रन नदिन सङ्घीय सरकारसँग समन्वय गरी आवश्यक पहल गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्मार्ट सेल प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ, सीआईबीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...

धनुषामा तनाव कम गर्न सर्वदलीय बैठक बस्दै, सहमति जुटे सद्भाव र्‍याली निकालिने

जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...

जलेश्वर र गौशाला बन्द, सुरक्षा व्यवस्था कडा

महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...

एकै दिन संसद्मा ९ विधेयक दर्ता, कानुन निर्माणलाई तीव्रता दिने सरकारको तयारी

काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...

मधेशको तनावबारे प्रधानमन्त्रीले थाले मधेशकेन्द्रित दलका शीर्ष नेतासँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...

ब्रोड पिक हिमपहिरो अपडेट: ४ जनाको शव फेला

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...

मन्दिर अगाडि मृत भेटिएको घटना धार्मिक विवादसँग जोडिएको हैन: प्रहरी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...

सामाजिक सद्भावमा जोड, सुरक्षा संयन्त्र सक्रिय

मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...

ब्रोड पिक हिमपहिरोमा सम्पर्कविहीन १० आरोही को–को हुन् ?

काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...

अर्को सूचना जारी नभएसम्मका जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending