महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनको आह्वानमा भएको प्रदर्शनका कारण बजार, व्यवसाय तथा यातायात प्रभावित बनेका छन्।
जलेश्वरमा प्रदर्शनकारीहरूले विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले बजार र यातायात सेवा बन्द गराएपछि सदरमुकामको जनजीवन प्रभावित भएको छ। बजार क्षेत्र अधिकांश समय सुनसान देखिएको छ भने सर्वसाधारणको आवतजावत सीमित बनेको छ।
यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशालामा पनि हिन्दुवादी संघ–संगठनका अगुवाहरूले प्रदर्शन गर्दै बजार व्यवसाय बन्द गराएका छन्।
यद्यपि, महोत्तरी प्रहरीले जिल्लाको समग्र सुरक्षा अवस्था सामान्य रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी पञ्चलाल गोलेका अनुसार केही स्थानमा छिटफुट प्रदर्शन भए पनि अवस्था नियन्त्रणमै रहेको छ। सम्भावित अप्रिय घटना हुन नदिन जिल्लाभर सुरक्षा व्यवस्था थप सुदृढ पारिएको उनले बताए।
यसैबीच, जिल्ला प्रशासन कार्यालय महोत्तरीले शान्ति, सामाजिक सद्भाव, आपसी भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न सबै जिल्लावासीसँग अपिल गरेको छ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा महोत्तरी धार्मिक सहिष्णुता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित जिल्ला रहेको उल्लेख गर्दै अफवाह, बाह्य प्रभाव वा उत्तेजनात्मक गतिविधिबाट प्रभावित नहुन आग्रह गरिएको छ। कानुनको पालना गर्दै सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न प्रशासनले अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १४:२३
काठमाडौँ। कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपम...
श्रावण १५ गते, २०८३ - १४:१०
काठमाडौं । मधेशवादी दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशनबाट पारित सङ्घीयतासम्बन्धी प्रस्...
श्रावण १५ गते, २०८३ - १४:०३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्। मधेशमा पछिल्लो समय देखिएको तन...
श्रावण १५ गते, २०८३ - १३:५७
काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा गम्भीर बन्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्। ...
श्रावण १५ गते, २०८३ - १३:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा देखिएको तनाव र प्रदर्शनका बीच सामाजिक तथा धार्मिक सद्भाव...
श्रावण १५ गते, २०८३ - १२:५०
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...
श्रावण १५ गते, २०८३ - १२:३३
जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...
श्रावण १५ गते, २०८३ - १२:२७
महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...
श्रावण १५ गते, २०८३ - १२:१७
काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...
श्रावण १५ गते, २०८३ - १२:०४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...



प्रतिकृया लेख्नुहोस्: