दार्चुला । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकर जोड्ने महाकाली करिडोरअन्तर्गत पर्ने वन क्षेत्रमा रुख कटानको काम भइरहेको छ ।
करिडोरअन्तर्गत कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा गरी करिब १९ हजार रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला तिंकर सडक योजना कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिए । उनका अनुसार अहिले कञ्चनपुर र डडेल्धुरामा रुख कटानको काम भइरहेको छ ।
‘सबैभन्दा बढी रुख कटान गर्नुपर्ने डडेल्धुरामा रूख कटानको काम भइरहेको छ,’ उनले भने, ‘करिडोरअन्तर्गत करिब १९ हजार रुख काट्नुपर्नेछ ।’ रुख कटानको काम सम्बन्धित जिल्लास्थित डिभिजन वन कार्यालयबाट भइरहेको छ ।
महाकाली कोरिडोरअन्तर्गत पर्ने कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा जिरो प्वाइन्टदेखि ११ किलोमिटरसम्ममा रुख कटान सुरु गरिएको छ । दुई वर्षअघि नै रुख कटानको आदेश आए पनि उक्त क्षेत्रमा रुख कटान हुन सकेको थिएन । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत सुवास कुँवरले अहिले सिद्धनाथ सामुदायिक वन क्षेत्रभित्र पर्ने रुख कटानको काम भइरहेको बताए । ‘शून्यदेखि ११ किलोमिटर क्षेत्रमा पर्ने ११५ रूख कटान गर्नुपर्ने छ,’ उनले भने ।
त्यसैगरी, डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार १० हजार ४७६ रुख काट्नुपर्नेमा अहिले आठ हजार ३७ रुख कटानको आदेश भएको छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदै छ । जसमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोर दार्चुला तिंकर सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका योजना प्रमुख दीपक सुनारले आयोजनालाई पर्याप्त बजेट नहुँदा निर्माणले गति लिन नसकेको बताए । ‘ठेक्का लागेको मात्रै डेढ अर्ब छ, नयाँ ठेक्का लगाउन सकिने अवस्था छैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएको छ ।’ आयोजनाका लागि आगामी आथिक वर्षमा रु. २३ करोड मात्रै बजेट आएको छ ।
करिडोरको अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमि, बैतडीमा १४४ किमि र दार्चुलामा १२१ किमि सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किमि ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमि ट्रयाक खुलेको छ । त्यसैगरी, बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ । योजनाका लागि चालू आर्थिक वर्षमा रु. ४१ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।
करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलंगा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिंकर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउनेछ ।
सुदुरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: