Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा खारेजीको प्रस्तावप्रति कडा आपत्ति जनाएका छन्। उनले संघीय व्यवस्थालाई कमजोर बनाउने कुनै पनि प्रयास "आगोसँग खेल्नु" सरह हुने चेतावनी दिएका छन्।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले निर्वाचनका बेला संघीयतालाई सुदृढ बनाउने प्रतिबद्धता जनाउने र अहिले महाधिवेशनमार्फत प्रदेशसभा खारेज गर्ने प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको टिप्पणी गरे।

उनले रास्वपाभित्र संघीयताबारे स्पष्ट वैचारिक धारणा नै नरहेको दाबी गर्दै पार्टी नेतृत्वकै प्रस्तावहरू एक–अर्कासँग बाझिएको बताए। सभापतिको दस्तावेजमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिने तर उपसभापतिको प्रस्तावमा प्रदेशसभा खारेजीको विषय आउनुले पार्टीभित्र वैचारिक अन्योल रहेको उनको भनाइ थियो।

पुनले संघीय लोकतान्त्रिक व्यवस्था हजारौँ नेपालीको बलिदान र लामो राजनीतिक संघर्षबाट स्थापित भएको उल्लेख गर्दै त्यसलाई उल्ट्याउने प्रयास स्वीकार्य नहुने बताए।

उनले भने, "जनकपुर, कर्णाली र सुदूरपश्चिममा पुगेर संघीयता सुदृढ गर्ने कुरा गर्ने, तर महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव ल्याउनु अवसरवादी सोच हो। प्रदेशसभा हटाउनु भनेको मुलुकलाई फेरि एकात्मक शासन व्यवस्थातर्फ फर्काउने प्रयास हो।"

रास्वपाले नयाँ राजनीतिक संस्कारको दाबी गरे पनि पछिल्ला अभिव्यक्ति र प्रस्तावहरूले लोकप्रियतावाद र वैचारिक अपरिपक्वता मात्र उजागर गरेको आरोपसमेत पुनले लगाए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending