सप्तरी । राजविराज नगरपालिकामा तीन दिनदेखि लगाइएको ताला फुटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई मंगलबार पदभार ग्रहण गराइएको छ ।
कार्यवाहक नगरप्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिहरुले नगरपालिकामा लगाइएको ताला फुटाउँदै कार्यालयमा प्रवेश गरि तनावकाबी यादवको पदभार ग्रहण गराएका हुन् । निलम्बित नगरप्रमुख भीमराज यादवसहित उनका समर्थकहरुले प्रमुख यसअघिका प्रमुख प्रशासकीय अधिकृतको डा.श्रवण साहको सरुवाको विषयलाई लिएर आइतबार ९ बुँदे मागअघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगरप्रमुख परवीन सहितका जनप्रतिनिधिहरुले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासनले यसअघिका प्रमुख प्रशासकीय अधिकृत साहको सरुवा गर्दै नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । त्यही विषयलाई लिएर कार्यवाहक नगरप्रमुख परवीन र निलम्बित नगरप्रमुख यादवबिच विवाद चुलिएको थियो ।
कार्यवाहक नगरप्रमुख परवीन विधीको शासन लागु गर्न मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्ने पक्षमा र निलम्बित नगरप्रमुख यादव सोको विरोध गर्दै डा.साहलाई नै सो जिम्मेवारीमा राख्नुपर्ने अडान लिएपछि दुवै पक्षबिच सहमति नहुँदा नगरपालिका परिसर तनावग्रत बनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत यादव पदभार ग्रहण गरिरहँदा प्रदर्शनमा उत्रिएका निलम्बित नगरप्रमुख यादव समर्थकहरुको कुटाईबाट नगरपालिकाको लेखापाल शत्रुघन दास र सामाजिक अभियन्ता कमल किशोर साह घाइते भएका छन् । उनीहरुको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले ढुङ्गामुढा गर्दा कार्यालयका झ्याल ढोकाको सिसा, तीन वटा मोटरसाईकल, कार्यवाहक मेयर चढने गाडीको सिसा र कार्यालय प्रांगनमा जडान रहेको दुईवटा सिसि क्यामरा फुटाई दिएको कार्यवाहक नगरप्रमुख परवीनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: