Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा मन्त्रालयसरह बजेट माग

खबरडबली संवाददाता

माेरङ । मनमोहन प्राविधिक विश्वविद्यालयले बजेट बढाएर विनियोजन गर्न कोशी प्रदेश सरकारसँग माग गरेको छ । आपेक्षाअनुसारको बजेट नपाउँदा उद्देश्यअनुसार शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न ढिलाई हुँदा लक्ष्य पूरा गर्न बाधा पुगेको भन्दै प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्षका लागि मन्त्रालयसरह बजेट विनियोजन गर्न माग गरेको हो ।

कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन टेक्नोलोजी युनिभर्सिटी (एमटुयू)ले’ १० वर्षभित्र दक्षिण एसियामा चिनिने लक्ष्य लिएको छ। तर आपेक्षाअनुसारको बजेट विनियोजन नहुँदा योजनाअनुसारका शैक्षिक कार्यक्रमहरु सञ्चालन नहुँदा लक्ष्य प्राप्तिमा बाधा पुगिरहेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले बताए । 

स्थापनदेखी नै भ्यागुतोजस्तै उफ्रेर १० वर्षे रणनीति सफल बनाउने लक्ष्य लिएको एमटियू बजेटको सिमितताले सर्पजस्तै घस्रिएर शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिहेको उपकुलपति पोखरेलको भनाइ छ । एमटियूले हाल सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ र फार्मेसीमा स्नातक तहको बिबिए एलएलएलबी स्नातकोत्तर तहको एलएलएम तथा हस्पिटल एण्ड हेल्थकेयर म्यानेजमेन्ट विषयको पढाई गरिरहेको छ । 

यसबाहेक स्नातक तहको बायोमेडिकल इन्जिनियरिङ, प्राकृतिक चिकित्सा एण्ड योगिक साइन्स, रेल्वे इन्जिनियरिङ र टनेल इन्जिनिरियरिङ तथा प्राकृतिक चिकित्सा विषयको कोर्स सञ्चालन गर्ने तयारी पनि गरिसकेका छ । तर स्थापना भएको पाँच वर्ष बित्न लाग्दा पनि मनमोहनले अझै आफ्नो अस्पताल पाएको छैन । 

जसले गर्दा पाठ्यक्रम तयार गरेर पनि बिएससी नर्सिङ, अप्टोमेसी, रेडियोलोजी, ल्याब प्राविधिक (बिएमएलटी) रेडियोलोजी, फिजिकल थेरापी र एमबिबिएस र एमडीका कक्षाहरु सञ्चालन गर्न सकिरहेको छैन ।

मनमोहन प्राविधिक विश्वविद्यालयका लागि आपेक्षाअनुसार बजेट प्राप्त नहुँदा समस्या र चुनौतीहरु झन् कडा बनेर जाँदैछन् । बजेट अभावले गर्दा विश्वविद्यालयको स्थायी र दीर्घकालीन योजना कार्यान्वयन गराउन कठिन भैरहेको छ । अपेक्षाअनुसार योग्य र अनुभवी शिक्षकहरु थप नियुक्त गर्न, अनुसन्धान र विकासका लागि आवश्यक साधन र संशाधनको प्रयोग गर्न नपाउँदा विश्वविद्यालय चाहेजसरी प्रतिस्पर्धात्मक रूपमा पनि अगाडी बढ्न नसकेको रजिष्ट्रार डा. दिलनाथ फुँयाल बताउँछन् ।

बजेट अभावमा पनि स्थापनाकालदेखी अहिलेसम्म एमटियूको भौतिक पूर्वाधार र शैक्षिक कार्यक्रमको अवस्थाको प्रगती सन्तोषजनक देखिन्छ । तर, यतिले मात्र एमटियुले लिएको लक्ष्य पूरा गर्न सक्दैन । तयार पारिएको रणनीतिक प्रतिवेदनअनुसार आगामी मिसन २०८५ का लागि मनमोहनले थप १८ वटा पाठ्यक्रम निर्माण गर्नुपर्नेछ। पाठ्यक्रम निर्माणपछि ५ वटा विषयमा पिएचडी, १० वटा माष्टर्स र १२ वटा थप व्याचलर तहको कक्षा सञ्चालन हुनेछन् । विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउन वाटर, जडिबुटी, मेडिसिन, एनिमल टेष्टिङदेखी फरेन्सिक, प्याथोलोजी, जेनेटिक्स, नेचुरोपेथी, बायोमेडिकल, हाइभोल्टेज कन्ट्रोल, सुपर कम्प्युटर, हेमाटोलोजी, फिजियोथेरापी इक्योलोजीलगायत थप १८ वटा ल्यावहरु स्थापना गर्नुपर्ने हुन्छ ।

‘मिसन २०८५’अन्तर्गत १८ कार्यभार पूरा गर्न एमटियूलाई २० अर्ब रुपैयाँभन्दा बढी बजेट लाग्ने अनुमान छ । विश्वविद्यालयको लेखा शाखाका अनुसार एमटयूलाई कोशी सरकारले मुस्किलले ३० करोडसम्म बजेट दिँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE