राेल्पा । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइते छन् । तीमध्ये एकैघरका ७ जना थिए भने अन्य ७ जना पनि उनीहरूकै आफन्त थिए ।
दुर्घटनामा परी रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय गोर्ख बिसी, उनकी आमा ५२ वर्षीयता तिलकुमारी बुढाथोकी, १० वर्षीय दिव्यन बिसी र २८ वर्षीय भाउजू युभा बिसीको मृत्यु भएको छ ।
वडाध्यक्ष वीरेन्द्र बस्नेतका अनुसार गोर्ख बिसीकी सानीआमा ४० वर्षीया ओमकुमारी बुढाथोकी, उनकी २४ वर्षीयता छोरी सिर्जना बुढाथोकी र १३ वर्षीय छोरा सुदीप बुढाथोकीको मृत्यु भएको छ ।
बस्नेतका अनुसार मृतक युभा बिसीको माइतीतर्फ दाङ घोराही–१५ रतनपुरकी ५४ वर्षीया द्रोपदा जिसी, यमबहादुर जिसी, २५ वर्षीया एलिसा जिसी र ३२ वर्षीया तिला विष्ट जिसीको पनि ज्यान गएको छ । त्यस्तै एलिसाका छोरा संयोग जिसी तथा तिलाका सन्तान जेनिसा र जेनिस जिसीको दुर्घटनामा परी मृत्यु भएको छ । उक्त दुर्घटनामा घोराही उपमहानगरपालिका–१३ की धनमाया विष्टको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने–५ बस्दै आएका जीप चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीयता मीना कमिनी, ६० वर्षीयता लक्ष्मी शाह, भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र २७ वर्षीया रुपमिना बस्नेतको पनि मृत्यु भएको छ ।
प्रहरीका अनुसार तीर्थयात्री बोकेको जीप पूर्णिमाको मेला भर्न जाँदै गर्दा दुर्घटनामा परेको हो । एक जना घाइतेको उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - ०७:४९
काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...
आषाढ़ ५ गते, २०८३ - ०७:४३
धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...
आषाढ़ ५ गते, २०८३ - ०७:३५
काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...
आषाढ़ ५ गते, २०८३ - ०७:२९
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् । बिहीबारको नगरसभामा...
आषाढ़ ५ गते, २०८३ - ०७:२१
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...
आषाढ़ ५ गते, २०८३ - ०७:१५
काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...
आषाढ़ ५ गते, २०८३ - ०७:०८
महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...
आषाढ़ ५ गते, २०८३ - ०७:०६
बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...
आषाढ़ ५ गते, २०८३ - ०७:००
सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...
आषाढ़ ५ गते, २०८३ - ०६:५५
बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...



प्रतिकृया लेख्नुहोस्: