काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ।
मृतक परिवार र अस्पतालबीच भएको सहमतिअनुसार अस्पतालले १ लाख रुपैयाँ क्षतिपूर्ति दिने तथा ८० हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्ने निर्णय भएपछि परिवारले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्।
महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया वैशाख १६ गते साँझ गरिएको थियो। अस्पतालका अनुसार शल्यक्रियापछि शुक्रबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो।
मृत्युपछि परिवारले चिकित्सकको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन तथा तोडफोड गरेका थिए। उनीहरूले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने सहमति भए पनि पेट चिरेर अप्रेसन गरिएको दाबी गरेका छन्।
तर, उपचारमा संलग्न चिकित्सकहरूले बिरामीको अवस्थाअनुसार परिवारकै सहमतिमा चिरुवा शल्यक्रिया गरिएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालयको पहलमा डीएसपी मधुसुदन न्यौपानेको नेतृत्वमा भएको वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो। घटनापछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको थियो र सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उनका तीन सन्तान रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - २०:०६
काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...
बैशाख १८ गते, २०८३ - १९:५८
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...
बैशाख १८ गते, २०८३ - १९:५३
पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...
बैशाख १८ गते, २०८३ - १९:४८
काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...
बैशाख १८ गते, २०८३ - १९:४३
राेल्पा । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...
बैशाख १८ गते, २०८३ - १९:३७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...
बैशाख १८ गते, २०८३ - १९:३२
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...
बैशाख १८ गते, २०८३ - १९:२९
काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...


प्रतिकृया लेख्नुहोस्: