मुस्ताङ । पवित्र तीर्थस्थल दामोदर कुण्डमा भक्तजन र पर्यटकलाई अवलोकन तथा दर्शनका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका ४ मा समुन्द्री सतहबाट ४ हजार आठ सय ९० मिटर उचाइमा रहेको दामोदरकुण्डमा जेठ २० गते देखि खुल्ला गरिएको सुर्खाङ प्रहरी चौकीले जनाएको छ ।
दाना अन्नपूर्ण दामोदरकुण्ड समितिले भक्तजन र पर्यटकको सहजताका लागि कुण्ड जाने मार्गका बारेमा जानकारीसहित खुला गरेको सुर्खाङ प्रहरी चौकीका हबल्दार हरिराम चौधरीले बताए । चौधरी भन्छन् ‘‘अहिले दैनिक दामोदरकुण्डमा जाने भक्तजनको सङ्ख्या बढ्दै जान थालेको छ, समस्यामा परेकालाई उद्धार सहित विभिन्न सहयोगका लागि नियमित गस्तीमा जान्छौ ।’’ हाल दैनिक २० देखि ३० जनासम्म धार्मिक भक्तजन सडक मार्ग हुँदै घिमीठाँटीसम्म पुगेका भक्तजन र पर्यटक त्यहाँबाट पैदल र घोडाबाट दामोदरकुण्डसम्म पुग्न सकिन्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा निःशुल्क भोजन तथा आवास सुविधा रहेको समितिका अध्यक्ष टासी गुरुङले बताए ।
समितिले भक्तजन र पर्यटकलाई लेक लागेको अवस्थामा उद्धार तथा औषधि उपचारमा समेत सघाउने गरेको अध्यक्ष गुरुङको भनाइ छ । पैदल यात्रामा समस्या हुनेलाई दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रुपियाँसम्म शुल्क धर्मशालामा करिब ५० जनाको क्षमता रहेको छ । पैदल यात्रामा समस्या हुनेलाई दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रुपियाँसम्म शुल्क लिने गरिन्छ । दामोदरकुण्डमा जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउने गरेपछि अत्यधिक चिसोका कारण धेरै भक्तजन भदौ महिनासम्म आउने गरेको दाना अन्नपूर्ण दामोदरकुण्ड समितिले जनाएको छ । दामोदरकुण्डमा हरेक वर्ष ५ हजारको हाराहारीमा भक्तजन र पर्यटक पुग्ने गर्दछन् । अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीय सहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिने गरिन्छ ।
मुक्ति क्षेत्रको शिर तथा काली गण्डकी नदीको मुहान समेत भनिन्छ दामोदरकुण्डमा काली गण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइन्छ । दामोदरकुण्डमा कुबेरका छोराले दामोदर कुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता छ । दामोदरकुण्डमा ३ वटा जलाशय चक्र कुण्ड, दूध कुण्ड र तामा कुण्ड छन् ।
यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड । जहाँ चक्र कुण्ड र दूध कुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिब १ सय मिटर टाढा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: