Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

गण्डकीको यातायात विवादले देशैभर सवारी ठप्प

खबरडबली संवाददाता

पाेखरा । राइड सेयरिङलाई वैधानिकता दिने गरी गण्डकी प्रदेश सरकारले कानुनी व्यवस्था गरेपछि यातायात व्यवसायीले देशैभर सार्वजनिक यातायात ठप्प पारेका छन् । 

गण्डकी प्रदेश सरकारको वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकले ‘गण्डकी प्रदेश राइड सेयरिङ (व्यवस्थापन तथा नियमन) नियमावली, २०८२’ जारी गर्ने निर्णय गरेको थियो । 

जेठ २ गते नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा १३ बमोजिम सरकारले यो नियमावली जारी गरेको हो । चरणवद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीको आन्दोलनका कारण जेठ १६ गतेबाट गण्डकी प्रदेशमा र १९ गतेबाट देशैभर सार्वजनिक सवारी ठप्प छ । सोमबार राति सङ्घीय सरकारले बनाएको वार्ता टोलीसँग यातायात व्यवसायीको वार्ता र सहमति भए पनि सार्वजनिक सवारी मङ्गलबार पनि चलेनन् ।

नियमावली खारेज नभएसम्म सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायीको अडान छ । वार्तामा राइड सेयरिङ नियमावली स्थगित गर्ने सहमति भए पनि ऐनअनुसार त्यसो गर्न नमिल्ने कानुनका जानकारहरु बताउँछन् । अधिवक्ता गिरधारी सुवेदी नियमावली राजपत्रमा प्रकाशन भएपछि लागू भइसकेको हुँदा स्थगन गर्न नमिल्ने बताउँछन् ।

“सङ्घीय ऐनसँग बाँझिएको भए बरु खारेज हुन सक्ला,” उनले भने, “कि मन्त्रिपरिषद्ले यसलाई खारेज गर्नुपर्छ कि लागू हुन्छ । स्थगत गर्न मिल्ने कानुनी व्यवस्था छैन ।” सरकार र यातायात व्यवसायीबीच सोमबार राति भएको वार्तामा प्रदेश सरकारलाई नियमावली स्थगत गर्न पत्राचार गर्ने उल्लेख छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लेखिपठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा स्थगनका लागि अनुरोध गर्ने सहमति बनेको थियो । मङ्गलबार दिउँसो ५ बजेसम्म प्रधानमन्त्री कार्यालयको पत्र प्रदेशमा आइपुगेको छैन । 

पत्र आइपुगेपछि उचित निर्णय लिइने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउँछन् । “प्रदेशलाई केन्द्रले पत्र पठाउने भन्ने सुनेको छु । पत्र आओस् अनि बल्ल हामी कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन्छौँ,” उनले भने । 

सार्वजनिक यातायात बचाउँ सङ्घर्ष समिति संयोजक केदारप्रसाद पौडेल यातायात व्यवसायलाई जोगाउन बन्दसम्म पुग्नुपरेको बताउँछन् । आफूहरु वार्ता र राइड सेयरिङ विरोधी नभएको जनाउँदै उनि भन्छन्, “एउटै व्यवसाय गर्ने हामी र राइड सेयरिङलाई फरक प्रावधान हुनु भएन नि । कि हामीलाई पनि रातो प्लेट बनाउन दिनुपर्‍यो ।”

नियमावलीले प्रदेशमा ‘राइड सेयरिङ’ कम्पनी खोल्ने बाटो खुला गरेको छ । निजी चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहितका मापदण्ड पूरा गरी यात्रु बोक्न पाउने व्यवस्था यसमा छ ।  यो नियमावलीअनुसार मापदण्ड र कार्यविधि बनेपछि ‘राइड सेयरिङ’ कम्पनीहरु दर्ता हुन पाउँछन् । दुई पाङ्ग्रे सवारीको कम्पनीले अनुमति लिँदा २५ हजार र चार पाङ्ग्रे कम्पनीले अनुमति लिँदा ५० हजार र दुवै सेवा दिने कम्पनीले ७० हजार राजस्व तिर्नुपर्छ । 

बिनाइजाजत राइड सेयरिङ चलाए कारवाही हुने नियमावलीमा उल्लेख छ । यसको अनुगमनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा छुट्टै समिति गठन हुने प्रावधान यसमा छ । नियमावली जारी भएपछि सजिलो प्रालिले राइड सेयरिङ सेवा दिन कम्पनी सूचीकृत गराएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending