धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। सुरुआती चरणमा अग्रता बनाएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई अगाडि देखिएका हुन्।
पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीका राईले १ हजार ५९० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्रकुमार राईले १ हजार ४० मत पाएका छन्। यस हिसाबले श्रम संस्कृतिका राई ५५० मतले अगाडि रहेका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ५९० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दिनेश भण्डारीले १४४ मत पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका आइतराज लिम्बूले ६७ मत प्राप्त गरेका छन्।
कुखुराको भाले चुनाव चिह्न रहेको मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवारले भने हालसम्म कुनै मत प्राप्त गर्न सकेका छैनन्। अन्य दलका उम्मेदवारले तीनदेखि ३५ मतसम्म पाएका छन्।
मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामका अनुसार जिल्लामा हालसम्म ३३८ मत बदर भएका छन्। धनकुटामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन्।
यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १४ राजनीतिक दल र तीन स्वतन्त्र गरी १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ००:०८
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...
फाल्गुन २२ गते, २०८२ - २३:४२
धनकुटा। धनकुटामा जारी मतगणनामा नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...
फाल्गुन २२ गते, २०८२ - २३:२५
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...
फाल्गुन २२ गते, २०८२ - २३:०७
काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...
फाल्गुन २२ गते, २०८२ - २३:००
ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...
फाल्गुन २२ गते, २०८२ - २२:३६
‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना
फाल्गुन २२ गते, २०८२ - २२:३३
रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...
फाल्गुन २२ गते, २०८२ - २२:१९
जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...
फाल्गुन २२ गते, २०८२ - २२:१०
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी भएका ...
फाल्गुन २२ गते, २०८२ - २२:०२
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...



प्रतिकृया लेख्नुहोस्: