सल्यान । सल्यानमा खरको छानामुक्त घर बनाउन आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई पातापाता वितरण गर्न थालिएको छ । विपद्जन्य घटनालाई न्यूनीकरण गर्न भन्दै जिल्लाको कालिमाटी गाउँपालिकाले यस वर्ष २१० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरेको हो ।
खरको छाना भएको घरमा आगलागीको जोखिम बढी हुने भएकाले त्यस प्रकारका घटनालाई कम गर्न खरका छानामुक्त अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा वडा नम्बर १ मा ३५ घरधुरी, वडा नम्बर २ मा ३३, वडा नम्बर ३ मा २५, वडा नम्बर ४ मा २५, वडा नम्बर ५ मा ३३, वडा नम्बर ६ मा २५ र वडा नम्बर ७ मा २५ गरी कुल २१० घरधुरीलाई जस्तापाता वितरण गरिने गाउँपालिका अध्यक्ष दानबहादुर खत्री केसीले जानकारी दिए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कालिमाटी गाउँपालिकाभर ४ हजार ९७२ घरधुरी छन् । तिमध्ये १ हजार ३१७ घर अझै खर, पराल र छ्वालीले छाएका छन् ।
यस्तै ६६ घर माटोले छाएका छन् भने टायल तथा खपडाले छाएका घर ९६ वटा छन् । पालिकाभर १९५ घर सिमेन्टको ढलान गरिएका छन् भने ३ हजार २ सय ६७ घर जस्ता, टिन तथा च्यादरले छाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: