Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

कटारीमा माओवादी केन्द्रले दीप प्रज्वलन गरेर मनायो गणतन्त्र दिवस

खबरडबली संवाददाता

कटारी । नेकपा (माओवादी केन्द्र) कटारीले दीप प्रज्वलन गरेर १८ औं गणतन्त्र दिवस मनाएको छ । माओवादी केन्द्र कटारीले विहीबार कटारी बजारको भुगोल पार्कमा दीप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाएको हो ।

नेपाली जनताले गरेको एकात्मक शासन व्यवस्थाविरुद्ध गरेको विद्रोह जनयुद्धको महान उपलब्धी गणतन्त्र भएकाले माओवादी केन्द्र कटारीले गौरपूर्ण इतिहास भएकाले दीप प्रज्वलन गरेर गणतन्त्र दीवस मनाइएको माओवादी केन्द्र कटारीका नगरसचिव इश्वर पोखरेलले बताए । उनले भने, ‘यो महत्पूर्ण दिनमा विभिन्न कार्यक्रम आयोजना गर्नु पर्ने थियो । यसपालि दीप प्रज्वलन मात्र गरेर मनाएका हौँ ।’

उक्त दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल ‘दिवस’ नेपाली जनताले गणतन्त्र प्राप्तीका लागि झण्डै ६० वर्ष संघर्ष गरेको स्मरण गराउँदै अब गणतन्त्रको बलमै जनताको आर्थिक सम्बृद्धिको बाटोमा अघि बढ्नु पर्ने वेला आएको बताए । उनले भने, ‘गणतन्त्र आउनु भनेको त्यो महान जनयुद्ध हो । जनयुद्ध भनेको परिवर्तनकामी जनताको विद्रोह हो । गणतन्त्रले जनतालाई अधिकार सम्पन्न बनाएको छ ।’

दीप प्रज्वलन कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा स्थानीयको उपस्थित  रहेको थियो । उदयपुरमा गणतन्त्रवादीहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending