काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यकासहित ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८२–८३ को बजेटमा सो विषय उल्लेख गरिएको छ ।
सरकारले नेपाल दूर सञ्चार प्राधिकरणको पुनरसंरचना गर्ने जनाएको छ । “सूचना प्रविधिको पहुँच बृद्धि गरी डिजिटल डिभाइड न्यूनीकरण गरिनेछ” बजेटमा उल्लेख छ । त्यस्तै ब्रोडव्याण्ड सेवाको पनि विस्तार गर्ने नीति सरकारले लिएको छ । सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कायम गर्ने जनाएको छ । बजेटमा भनिएको छ, “प्रेस स्वतन्त्रताको सम्बर्धन गरी पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गरिनेछ । नागरिकको वयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने छ ।”
प्रेस स्वतन्त्रताको सम्बर्धन गरी पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गरिनेछ । नागरिकको वयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने छ । सोहीअनुसार डाटा सेन्टर निर्माण र सञ्चालनमा निजी क्षेत्रसँग साझेदारी गरिने सरकारले उल्लेख गरेको छ । बजेटमा भनिएको छ, “काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गरिनेछ । डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, अविछिन्न विद्युत र सुरक्षा उपलब्ध गराइने छ ।”
त्यस्तै, सूचना प्रविधि उद्योगका लागि इकोसिस्टम विकास गरिने पनि सरकारले भनेको छ । सूचना प्रविधि सेवाको निर्यात प्रवर्धन गर्न नीतिगत व्यवस्था गर्ने पनि जनाएको छ । सोहीअनुसार कृत्रिम बौद्धिकताको प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने सरकारको भनाइ छ ।
त्यस्तै, सार्वजनिक निकायका सूचना प्रविधि पूर्वाधारमा एकरुपता ल्याउन हार्डवेयर र सफ्टवयेरको मापदण्ड तयार गर्ने तयारी सरकारको छ । बजेट पुस्तिकामा भनिएको छ, “सार्वजनिक सेवा प्रशारणको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न एनटिभी वल्र्ड च्यानल र पिएसवी डिजिटल प्लेटफर्म सञ्चालन गरिने छ । विज्ञापनलाई मापदण्डमा आधारित, मर्यादित र व्यवस्थित बनाइने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: