Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यकासहित ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८२–८३ को बजेटमा सो विषय उल्लेख गरिएको छ ।

सरकारले नेपाल दूर सञ्चार प्राधिकरणको पुनरसंरचना गर्ने जनाएको छ । “सूचना प्रविधिको पहुँच बृद्धि गरी डिजिटल डिभाइड न्यूनीकरण गरिनेछ” बजेटमा उल्लेख छ । त्यस्तै ब्रोडव्याण्ड सेवाको पनि विस्तार गर्ने नीति सरकारले लिएको छ । सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कायम गर्ने जनाएको छ । बजेटमा भनिएको छ, “प्रेस स्वतन्त्रताको सम्बर्धन गरी पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गरिनेछ । नागरिकको वयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने छ ।”

प्रेस स्वतन्त्रताको सम्बर्धन गरी पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गरिनेछ । नागरिकको वयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने छ । सोहीअनुसार डाटा सेन्टर निर्माण र सञ्चालनमा निजी क्षेत्रसँग साझेदारी गरिने सरकारले उल्लेख गरेको छ । बजेटमा भनिएको छ, “काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गरिनेछ । डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, अविछिन्न विद्युत र सुरक्षा उपलब्ध गराइने छ ।”

त्यस्तै, सूचना प्रविधि उद्योगका लागि इकोसिस्टम विकास गरिने पनि सरकारले भनेको छ । सूचना प्रविधि सेवाको निर्यात प्रवर्धन गर्न नीतिगत व्यवस्था गर्ने पनि जनाएको छ । सोहीअनुसार कृत्रिम बौद्धिकताको प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने सरकारको भनाइ छ ।

त्यस्तै, सार्वजनिक निकायका सूचना प्रविधि पूर्वाधारमा एकरुपता ल्याउन हार्डवेयर र सफ्टवयेरको मापदण्ड तयार गर्ने तयारी सरकारको छ । बजेट पुस्तिकामा भनिएको छ, “सार्वजनिक सेवा प्रशारणको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न एनटिभी वल्र्ड च्यानल र पिएसवी डिजिटल प्लेटफर्म सञ्चालन गरिने छ । विज्ञापनलाई मापदण्डमा आधारित, मर्यादित र व्यवस्थित बनाइने छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending