Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

नाउपा कञ्चनपुरका अध्यक्ष राना माओवादी प्रवेश

खबरडबली संवाददाता

कञ्चनपुर । नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरका अध्यक्ष नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

सत्तारूढ नाउपा केन्द्रीय सदस्यसमेत रहेका राना पार्टी परित्याग गरेकै दिन माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
काठमाडौंमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर उनी सिधै पार्टी प्रवेश गरेका हुन् । सो अवसरमा माओवादी कञ्चनपुरका नेता एवं बेलौरी नगरका मेयर पोतीलाल चौधरी, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, बेलौरी– ८ का वडाध्यक्ष विश्राम राना, माओवादी कञ्चनपुरका युवा नेता अमरसिंह चौधरी, दीपक तिमिल्सिना, लालबहादुर चौधरीसहितका नेताहरू उपस्थित थिए ।

रानाले आजै पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामापत्र बुझाएका थिए । नाउपामाथि विश्वास गरेजस्तो उत्पीडित, उपेक्षित समुदायको हितमा काम नगरेको उनको आरोप छ । नाउपाले मूल मर्मभन्दा परम्परागत संसदीय दलहरूको सिको गर्दै पद, पैसा, प्रतिष्ठा, व्यक्तिगत लाभमा केन्द्रित भएको उनले बताएका छन् ।

त्यसअघि, नेकपा एमाले कञ्चनपुरका नेता रहेका बेलौरी नगरपालिका– ८ का तत्कालीन वडाध्यक्ष राना नाउपातिर लागेका थिए । नाउपा सुदूरपश्चिम प्रदेश र संघीय सरकारमा पनि सहभागी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending