Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

पोखरामा बस र हाइस दुर्घटनामा ३ को मृत्यु

खबरडबली संवाददाता

पोखरा । पोखरामा बुधबार दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना घाइते छन् । पोखरा महानगरपालिका वडा ३२, लामेआहालमा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा ८ जना घाइते भए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० हाइस (इलेक्ट्रिक) पोखरा ३२, लामेआहालमा बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा २५, हेमजाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका वडा ५, खरी बस्ने ४५ वर्षीया तीलकुमारी आचार्य र धादिङकै नीलकण्ठ नगरपालिका वडा २, भुलभुले बस्ने १५ वर्षीय आगम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

दुर्घटनामा चालकसहित ११ जना यात्रु घाइते भएका थिए । तीमध्ये ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र बाँकीलाई दुर्घटनास्थल नजिकै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका गम्भीर घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । गाडी सडकदेखि अन्दाजी ३५÷४० मिटर तल बारीमा खसेको छ । तीव्र गतिमा रहेको उक्त गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान छ । 

यस्तै, बुधबार दिउँसो साढे १ बजे पोखराको पर्यटकीय क्षेत्र पुम्दीमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा २८ जना घाइते भए । तीमध्ये ५ जना गम्भीर घाइते छन् ।

पोखरा २२ पुम्दीकोटदेखि छोरेपाटनतर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको भारतीय पर्यटक बोकेको माइक्रो बस सडकदेखि तल खसे दुर्घटना भएको हो ।

विश्व शान्ति स्तुप पार्किङभन्दा केही माथि दोस्रो घुम्तीमा बस दुर्घटना भएको हो । घाइतेको स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन् । बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताकी आमाको निधन

काठमाडौँ । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताकी आमा पार्वतीदेवी मेहताको ७२ वर्षको उमेरमा निधन भएको छ। माघ २२ गते सिम्रौनगढ नगरपालिक...

त्रासमा सिंगै गाउँ: हत्या, लुटपाट र राज्यको बेवास्ताविरुद्ध निर्वाचन बहिष्कारकाे घाेषणा

काठमाडौं ।  ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे अहिले भय, आँसु र आक्रोशको प्रतीक बनेको छ। शान्त देखिने यो गाउँ पछिल्लो एक महिनादेखि निरन्तर हत्या,...

सुनसरीको राजनीतिमा गच्छदारको कमब्याक : आठौँ पटक प्रतिस्पर्धामा

सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा निर्वाचन अघि टुंगिन नसक्ने संकेत

काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...

सिंहदरबार आगजनीमा संलग्न व्यक्तिलाई प्रहरीले पाँच महिनापछि पक्राउ

काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...

काठमाडौंमा सुनका गरगहनाका ठुला चोरीका आरोपी प्रेम थारु पक्राउ

काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...

जसपा, रामुपा र आजपा सक्रिय, उपत्यकामा नयाँ चुनावी चुनौती

काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले योपटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिती देखाएका छन्। तीन जिल्ला समेटिएको उपत्यकामा १५ निर्वाचन...

रूपन्देही १ : उम्मेदवारी विवादमा श्री कुँवर रास्वपा छाडे

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफू...

टी–२० विश्वकप : चार टेस्ट राष्ट्र रहेको ‘समूह बी’मा रोमाञ्चक प्रतिस्पर्धाको सम्भावना

काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा २० राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक ५ टोलीलाई एक–एक समूहमा विभाजन गरिएको छ। तीमध्ये ‘समूह...

सल्यानमा नयाँ अनुहारको भिडन्त : परम्परा तोड्ने कि इतिहास दोहोरिने?

सल्यान । कर्णाली प्रदेशअन्तर्गत पर्ने सल्यान जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक विशेष चर्चामा छ। कारण एउटै—यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE