Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, ‘निर्णयको अधिकार सिफारिस समितिलाई नै दिनुपर्छ: मन्त्री सिन्हा

खबरडबली संवाददाता

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सिफारिस समितिलाई निर्णय लिने अधिकारसमेत सुनिश्चित गरेर अघि बढ्नुपर्ने बताएको छन्।

शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै मन्त्री सिन्हाले उक्त कुरा बताएको हो।

हाल सिफारिस समितिको काम, कर्तव्य र अधिकार सिफारिस गर्ने तथा राय पेस गर्ने कार्यमा मात्र सीमित रहेकाले निर्णय प्रक्रियामा अस्पष्टता रहेको उनको भनाइ छ। उनले समितिको सिफारिसलाई नै निर्णय मान्ने हो भने विधेयकमा स्पष्ट व्यवस्था गर्नुपर्ने, अन्यथा सिफारिस प्राप्त भएपछि निर्णय गर्ने निकाय तोकिनुपर्ने आवश्यकता औँल्याए।

मन्त्री सिन्हाले ‘चेक एण्ड ब्यालेन्स’ (नियन्त्रण र सन्तुलन) को सिद्धान्तअनुसार प्रणाली सुदृढ बनाउनुपर्ने भन्दै आवश्यक सुदृढीकरण गर्ने अधिकार नेपाल सरकारकै कार्यक्षेत्रमा राखिनुपर्ने धारणा राखे।

उनले भने, “सिफारिस समितिलाई सिफारिस गर्ने र राय पेस गर्ने अधिकार मात्र दिइएकाले उक्त सिफारिसलाई नै निर्णय मान्ने हो भने सोहीअनुसार कानुनी व्यवस्था गर्नुपर्छ। यदि समितिले सिफारिस मात्र पठाउने हो भने निर्णय गर्नका निम्ति कुनै निकाय त हुनुपर्‍यो। समितिले सिफारिस गरेको विषयलाई नै अन्तिम मान्ने हो वा त्यसको आधार र कारण खुलाएर निर्णय गर्ने होरु यस विषयमा विधेयकलाई स्पष्ट बनाएर लैजानुपर्छ। ‘चेक एण्ड ब्यालेन्स’ को विधि अपनाउनुपर्ने भएकाले सुदृढीकरण गर्न सक्ने कुरा नेपाल सरकारको अधिकारमा राखिनुपर्छ।”

उहाँले विधेयकमा नीतिगत स्पष्टता कायम गर्दा शक्ति सन्तुलन र निगरानी प्रणाली सुदृढ हुने भन्दै सोहीअनुसार अघि बढ्न समितिलाई आग्रहसमेत गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्पष्टीकरण सोधिएका ३४मध्ये २४ उम्मेदवारले बुझाए आयोगलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएका उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएको जनाएको छ। शुक्रबार आयोज...

भ्रष्टाचारविरुद्ध सशक्त सुशासन अभियान आवश्यक छ : नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्रीरपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको...

अध्यक्ष ओली झापा पुगे, एक साता झापामै रहने

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार निर्वाचन क्षेत्र झापा पुगेका छन्। उनी चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका हुन्। विमानस...

समाचारका विषयमा अनुगमन भइरहेको छ, आचारसंहिता कडाइकासाथ लागू गर्छौँ : रामप्रसाद भण्डारी

भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार ...

अबकी बार कांग्रेसको सरकार भन्ने नारा छोडिदिनुस्: गगन थापा

कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने हो भने अब ‘अबकी बार कांग्रेसको सरकार’ होइन, ‘अबकी बार सय पार’ को नारा लगाउन आग्...

प्रलोपा उम्मेदवार काराखेती पार्टीबाट निष्कासित

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन्। पा...

राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ: कुलमान घिसिङ

सप्तरी। उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताएको छन्। आफ्नो पार्टीको प्रचारप्रसार तथ...

बैतडी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख राहत

काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँ राहत प्रदान गर्ने नि...

बैतडी बस दुर्घटना: घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

धनगढी। बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएक...

रौतहटमा बालिकालाई ठक्कर दिने रास्वपा उम्मेदवारको गाडीका चालकविरुद्ध ज्यान मुद्दा दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE