सप्तरी। उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताएको छन्।
आफ्नो पार्टीको प्रचारप्रसार तथा नेता-कार्यकर्ता भेटघाट कार्यक्रमका लागि सप्तरी आएका घिसिङले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी राजनीतिलाई अब भाषणमा मात्र सीमित राख्न नमिल्ने बताए।
उनले भने, 'देशको आर्थिक, शैक्षिक तथा हरेक क्षेत्रमा परिवर्तनका लागि जनता र राष्ट्रको हितमा काम गर्ने नेतालाई निर्वाचित गर्न आवश्यक छ।'
राजनीति गर्ने ठुला नेताले भाषण र घोषणापत्र सार्वजनिक गर्ने तर काम नगर्ने प्रवृत्ति हावी हुँदै गएकाले भाषणभन्दा कामलाई प्राथमिकता दिने नेता छानिनुपर्नेमा उनले जोड दिए।
खेतखेतमा सिँचाइ पुर्याएर किसानलाई कृषिमा आत्मनिर्भर बनाउन सके मात्र समृद्ध राष्ट्रको कल्पना गर्न सकिने उनको भनाइ थियो। उनले अगाडि भने, 'कृषिमा लागेका किसानलाई न्यून शुल्कमा विद्युत् उपलब्ध गराउन र कृषिलाई व्यवसायीकरण गर्दै बजारीकरण गर्न आवश्यक छ। आर्थिक रूपमा सबलीकरणका लागि आयात घटाउने र निर्यात बढाउने कार्यका साथै उत्पादनको राज्यले सुनिश्चितता गर्नुपर्छ।'
नेपालका धेरै पुल अलपत्र अवस्थामा रहेकाले जनताले दु:ख पाइरहेको उल्लेख गर्दै अधुरा र अलपत्र भौतिक पूर्वाधार निर्माण गरी व्यवस्थित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए। तराईका पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको र बनिसकेका नहरमा पानी ल्याउनका लागि गर्नुपर्ने व्यवस्थापनमा समेत आफ्नो पार्टीले पहल गर्ने उनले प्रतिबद्धता जनाए।
मन्त्री र विद्युत् प्राधिकरणको जिम्मेवार पदमा रहँदा लोडसेडिङ अन्त्य, सिँचाइमा विद्युतीकरण, नि:शुल्क मिटर वितरण, २० युनिटसम्म विद्युत् महसुल छुट र किसानका लागि नि:शुल्क सिँचाइ लगायतका उल्लेखनीय काम गरेको उनले स्मरण गराए।
गुणस्तरीय शिक्षा, नि:शुल्क स्वास्थ्य उपचार, रोजगारीमा वृद्धि र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफ्नो पार्टीले निरन्तर काम गर्ने उनले बताए।
पत्रकार सम्मेलनपछि उज्यालो नेपाल पार्टीले राजविराजमा बृहत् र्याली निकालेको छ। स्थानीय राजरङ्गशालाबाट निकालिएको जुलुसले राजविराज नगरपालिकाको परिक्रमा गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: