बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफूलाई धोका दिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्।
रास्वपाले उक्त क्षेत्रका लागि कुँवरसहित ६ जनाको नाम उम्मेदवार सिफारिस गरेको थियो। कुँवरले रास्वपा स्थापनाकालदेखि नै अमेरिकामा बसेर पार्टीलाई सहयोग गर्दै आएको दाबी गरेका छन्।
बिहीबार सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले पार्टीले अंगीकार गरेको ‘प्राइमरी इलेक्सन’ प्रक्रिया अवलम्बन नगरी उम्मेदवार चयन गरेकोप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार प्राइमरी इलेक्सन नगरी सो क्षेत्रमा बालेन साहको कोटाबाट उनका सल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाइएको थियो।
“म अमेरिकामा व्यवस्थित रूपमा बसिरहेको थिएँ। रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जिसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले म आएको थिएँ। प्राइमरी इलेक्सनमा सहभागी पनि भएँ, तर पार्टीले सो प्रक्रिया नअपनाई उम्मेदवार चयन गर्यो,” कुँवरले बताएका छन्।
यद्यपि, कुँवरले बिहीबार राजीनामा दिएको उल्लेख गरे पनि उनले माघ ६ गते नै बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरिसकेका छन्।
प्रलोपा रूपन्देहीका इन्चार्ज पंकज राईले कुँवरले आफ्नो पार्टीबाट उम्मेदवारी दिएको पुष्टि गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - १९:१३
सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...
माघ २३ गते, २०८२ - १९:११
काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...
माघ २३ गते, २०८२ - १९:०६
काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...
माघ २३ गते, २०८२ - १८:५६
काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...
माघ २३ गते, २०८२ - १८:५५
काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले योपटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिती देखाएका छन्। तीन जिल्ला समेटिएको उपत्यकामा १५ निर्वाचन...
माघ २३ गते, २०८२ - १८:४५
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफू...
माघ २३ गते, २०८२ - १८:४२
काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा २० राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक ५ टोलीलाई एक–एक समूहमा विभाजन गरिएको छ। तीमध्ये ‘समूह...
माघ २३ गते, २०८२ - १८:३६
सल्यान । कर्णाली प्रदेशअन्तर्गत पर्ने सल्यान जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक विशेष चर्चामा छ। कारण एउटै—यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने ...
माघ २३ गते, २०८२ - १८:२९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुने भन्दै ढुक्क हुन सबैमा आग्रह गरेकी छिन्। बिहीबार जनक शिक्षा सामग्री ...
माघ २३ गते, २०८२ - १८:१६
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर माघ २८ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर पुनः सञ्चाल...



प्रतिकृया लेख्नुहोस्: