कञ्चनपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी हुन ठुला दलका उम्मेदवारलाई सकस पर्ने देखिएको छ । विगतका निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आए पनि आगामी निर्वाचनमा भने झन्डै एक हजार मतदाताहरू झुटा आवश्वासन दिने उम्मेदवारलाई मत नदिने मनसाय बनाउन थालेपछि ठुलादलहरुलाई निर्वाचन जित्न मुस्किल पर्ने आँकलन गरिन थालेको हो ।
विगतका निर्वाचनमा झुटा आश्वासन दिलाएर शुक्लाफाँटा आरक्ष पीडितहरूका मतले विजयी हुँदै आएका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा भने मत नखसाल्ने मनसाय बनाएको निकुञ्ज पीडितहरू बताउँछन् ।
निर्वाचन क्षेत्र २ मा विसं २०७४ मा भएको निर्वाचनमा नेकपा एमालेका नेता नरबहादुर धामी निर्वाचित भएको थिए । नेपाली कांग्रेसका नेता साउदलाई ८ हजार ३२७ मतान्तरले पराजित गर्दे नेता धामी विजयी भएको थिए।आफूहरूका मतले विजयी हुँदै आएका दलका उम्मेदवारहरूले निकुञ्ज पीडितको समस्या प्रति वास्ता नगर्दा आगामी निर्वाचनमा भने मत नखसाल्ने मनसाय बनाएको आरक्ष पीडित शेरबहादुर चुनाराले बताए। झुटा आश्वासन दिलाएर निर्वाचित भएपछि आरक्ष पीडितका मागहरूका विषय प्रति कुनै चासो नदेखाउँदा पीडितहरू रुष्ट बनेका हुन् ।
यसैगरी, विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल खेसेको ६४ हजार ७५२ मतमध्ये चार हजार ९२० मत बदर भएको थियो । कांग्रेसका उम्मेदवार साउँदले २८ हजार एक सय मत पाएको थिए भने नेकपा एमालेका उम्मेदवार धामीले २१ हजार ६४५ मत प्राप्त गरेको थिए । तर नेता साउँद विजयी भएपछि भने आफूहरूलाई भेट्न समेत नआएको आरक्ष पीडित दलबहादुर ऐरले गुनासो गरे।
विगतका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबिच भारी मतान्तरले प्रतिस्पर्धा भए पनि आगामी निर्वाचनमा समेत सोही प्रतिस्पर्धालाई निरन्तरता दिने तयारीमा दलहरू देखिए पनि मतदाताहरू भने रुष्ट बन्दै गएका छन् ।
आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले विगतका निर्वाचनमा झुटा आस्वान दिलाएर आफूहरूलाई बिचल्लीमा पारेको दुखेसो पोखे । “यस अघिका निर्वाचनमा आफूहरूले नेकपा एमाले र काँग्रेसका उम्मेदवारलाई पालैपालो मत दियौँ”, उनले भने, “तर विजयी भएपछि भने उम्मेदवारहरूले आफूहरूका माग सम्बोधन नै गर्नुभएन ।”
निर्वाचन पूर्व नै अस्थायी शिविरका लागि जिल्ला प्रशासन कार्यालयबाट कागज बनाएर व्यवस्थापन गर्ने उम्मेदवारलाई सबै आरक्ष पीडितले मत खसाल्ने तयारी गरेको अध्यक्ष रोकायाले बताए।
आरक्ष पीडितहरुले व्यवस्थापन नगरिए ठुला दलका उम्मेदवारलाई मतदान नगर्ने तयारी गरेसँगै त्यसको प्रत्यक्ष फाइदा भने नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई पुग्ने देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सहितका नयाँ दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरू घर दैलो अभियान सँगै आगामी निर्वाचन पूर्व नै निकुञ्ज पीडितहरूको अस्थायी शिविर बसोबासको व्यवस्था मिलाउन शिविरमा बस्दै आएका आरक्ष पीडितहरू सँग भेटघाट गर्दे आएको छन्। जसले गर्दा नयाँ दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले आरक्ष पीडितहरूको व्यवस्थापन गर्ने विश्वास दिलाउँदै आएपछि क्षेत्र नम्बर २ मा पुराना दलका उम्मेदवारहरूलाई विजयी हुन मुस्किल पर्ने आकलन गरिन थालको छ । क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५७४ मतदाता छन्। जसमध्ये एक हजारबढी निकुञ्ज विस्थापित मतदाता छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...



प्रतिकृया लेख्नुहोस्: